Sahityapedia
Sign in
Home
Search
Dashboard
Notifications
Settings
28 Aug 2024 · 2 min read

स्वार्थी मान्छे (#नेपाली_भाषा)

फकिरा गाउँका सम्पैत काका हट्टाकट्टा थिए । आफ्नो जीवनमा उनी यति खटेका थिए की उनका तीन पुस्तासम्म बसी-बसी खान पुग्ने गरी सम्पत्ति जुटाई दिएका थिए । उनी किसान थिए । उनको दरबाजामा दुई/तीन भखारी र ओसारी/घरभित्रका कोठीहरू अन्नाजले सधैं भरिभराउ हुन्थे । तर, नगदी उनीसंग कहिले रहेन । हाटबजारको किनमेल घरको अन्नाज बेचेरै गर्थे । एक पोका नुनका लागि पनि उनले अन्नाज नै बेच्नु पर्थ्यो ।
सम्पैत काका दानबीर पनि थिए , गाउँका कोही पनि उनको दरबाजामा सहयोगको याचना गर्न आउँदा खाली हात फर्कदैन्थे । उनले जीवनकालमा धेरैलाई अन्नाजै बेचेर भए पनि सक्दो आर्थिक सहयोग गर्थे । आफू बिरामी हुँदा पनि अन्नाज नै बेचेर उपचार गराउँथे । एक दिन अचानक उनलाई मुटुको व्याथाले च्यापे पछि उनी तत्कालै जसोतसो राजबिराज पुगेका थिए, त्यहाँ चिकित्सकले काठमाडौं जान उनलाई सुझाएका थिए ।
सम्पैत काकालाई तत्कालै रकमको आवश्यकता थियो । उनी गाउँका धेरैसंग हारगुहार लगाए, कसैबाट तत्काल सहयोग पाएनन् । उता अन्नाज खरिदबिक्रि गर्ने व्यापारीको खोजी हुँदैथ्यो । त्यसैबीच उनको निधन भएछ ।
सम्पैत काकाको निधन पछि गाउँको चौक-चौराहा, घर-दलान, बाध-महार सबैतिर उनकै चर्चा चुलिएको थियो । ती मध्ये गाउँका बुद्धिया काकाको संवाद रोचक र घतलाग्दो थियो । उनी भन्दै थिए-
“…….संसारमा तीन किसिमका मानिस हुन्छन् : आयुर्वेदिक, एलोपैथिक र होम्योपैथिक ….!” (वरपर भेला भएकाहरूबीच सन्नाटा, सबै गम्भिर मुद्रामा )
मुसाफिर काकाले मौनता तोड्दै भनेछन्, ” बुद्धिया ! ई कि कह हँ …? (यो के भन्नु भएको हो ?) ।” बुद्धिया काकाले तीन किसिमका मानिसबारे बेलिबिस्तार गर्दै भनेछन्, ” …आयुर्वेदिकको मतलब -बोलचालमा धेरै राम्रो तर इमर्जेन्सीमा काम न आउने । एलोपैथिकको मतलब इमर्जेन्सीमा काम आउने तर, कहिले र के साइड इफेक्ट गर्छ, थाहै न हुने …! ( आकाशतिर हेर्दै ) होम्योपैथिकको मतलब -यो कुनै कामको त हुँदैन तर संगै रहँदा राम्रो लाग्छ ….।” त्यसपछि सबैजना गन्थन-मन्थन गर्दै आ-आफ्नो गन्तव्यतिर लागे । बुद्धिया काकाको भनाईपछि गाउँमा सम्पैत काकाको चर्चा हुनै छाड्यो । शायद उनले स्वार्थी मानिस र समाजको सही चित्रण गरी दिएकाले यसो भएको हुनुपर्छ ! तपाईं प्रतिक्रिया दिनुहोला । @दिनेश_यादव 2024-08-28 (#सामाजिक #साहित्य #साहित्यरत्न #नेपाली #literature #shortstory)

Language: Nepali
Tag: कथा
1 Like · 197 Views
📢 Stay Updated with Sahityapedia!
Join our official announcements group on WhatsApp to receive all the major updates from Sahityapedia directly on your phone.
Books from Dinesh Yadav (दिनेश यादव)
View all

You may also like these posts

दोहा
दोहा
seema sharma
13 अधूरा
13 अधूरा
Kshma Urmila
उसके क़दम जहां भी पड़ते हैं,
उसके क़दम जहां भी पड़ते हैं,
डॉ. शशांक शर्मा "रईस"
*तानाजी पवार: जिनके हाथों में सोने और चॉंदी के टंच निकालने क
*तानाजी पवार: जिनके हाथों में सोने और चॉंदी के टंच निकालने क
Ravi Prakash
बिटिया प्यारी
बिटिया प्यारी
मधुसूदन गौतम
हाँ, तैयार हूँ मैं
हाँ, तैयार हूँ मैं
gurudeenverma198
कोहरा
कोहरा
Chitra Bisht
*हम किसी से कम नहीं*
*हम किसी से कम नहीं*
Dushyant Kumar
श्रंगार
श्रंगार
Vipin Jain
"लिख दो"
Dr. Kishan tandon kranti
खूबी
खूबी
Ruchi Sharma
“बसता प्रभु हृदय में , उसे बाहर क्यों ढूँढता है”
“बसता प्रभु हृदय में , उसे बाहर क्यों ढूँढता है”
Neeraj kumar Soni
भक्ति
भक्ति
विशाल शुक्ल
###अंगुलिमाल की पुनर्जन्म !
###अंगुलिमाल की पुनर्जन्म !
Dinesh Yadav (दिनेश यादव)
साहित्य में बढ़ता व्यवसायीकरण
साहित्य में बढ़ता व्यवसायीकरण
Shashi Mahajan
तुम अलविदा तो कह जाते
तुम अलविदा तो कह जाते
Karuna Bhalla
लड़कियों की जिंदगी आसान नहीं होती
लड़कियों की जिंदगी आसान नहीं होती
Adha Deshwal
जिनको तुम जीवन में सफल देखते हो, ये वही लोग है जो प्रेम के ब
जिनको तुम जीवन में सफल देखते हो, ये वही लोग है जो प्रेम के ब
पूर्वार्थ
समय
समय
Deepesh Dwivedi
हार से डरता क्यों हैं।
हार से डरता क्यों हैं।
Yogi Yogendra Sharma : Motivational Speaker
If
If
सिद्धार्थ गोरखपुरी
राम - मर्यादा पुरुषोत्तम
राम - मर्यादा पुरुषोत्तम
Dheerendra Panchal
यादों को कहाँ छोड़ सकते हैं,समय चलता रहता है,यादें मन में रह
यादों को कहाँ छोड़ सकते हैं,समय चलता रहता है,यादें मन में रह
Meera Thakur
आज भी
आज भी
अभिषेक पाण्डेय 'अभि ’
कुआँ
कुआँ
Dr. Vaishali Verma
sp66 लखनऊ गजब का शहर
sp66 लखनऊ गजब का शहर
Manoj Shrivastava
कलाकार
कलाकार
Shriyansh Gupta
मैं अपने दिल की रानी हूँ
मैं अपने दिल की रानी हूँ
Dr Archana Gupta
#लघु_व्यंग्य-
#लघु_व्यंग्य-
*प्रणय प्रभात*
गीत- अदाएँ लाख हैं तेरी...
गीत- अदाएँ लाख हैं तेरी...
आर.एस. 'प्रीतम'
Loading...