Sahityapedia
Sign in
Home
Search
Dashboard
Notifications
Settings
25 Apr 2024 · 3 min read

गरिबी र अन्याय

●दिनेश यादव
रामबत्ती बिहानै उठेर घरको कामधन्दामा व्यस्त थिइन । तीन वर्षिया छोरी मञ्जू पनि सकालै उठिन । आमालाई संगै नदेखेपछि केही बेर रोईन । आँखा मिच्दै बाहिर निस्किन । आंगनीको चुल्हो नजिकै राखिएको दाउराबाट एउटा लौरो बोकेर आमा खोज्दै थिइन ।
भाडाकुँडा माँझी वरी छाप्रोको भित्तामा माटोले लिपपोत गर्दै गरेकी रामबत्तीलाई मञ्जूले भेटिन । रिसले भुत्तुक्कै उनी एकछिन अलमलमा परिन । नजिकै ठिङ्ग उभिएर केही नबोलिकनै आमाको काम हेर्नमा व्यस्त भईन ।
रामबत्ती : नानुलाई भोक लाग्यो हो ? मञ्जूले मुख बटार्दै अर्को दिशातिर हेरिन् । रामबत्ती : भित्तामा माटो लिपपोत गर्न सकिनै लागेको छ, मेरी छोरीलाई नास्ता बनाइ दिन्छु ल । मञ्जू फेरी पनि बोलिनन्, तर हातको लौरो चाहिँ फाँलिछन् ।
रामबत्ती : मेरी ज्ञानी छोरीले के खाने ? मञ्जूः: (आमाको अनुहार हेर्दै) दूधभात खानी…..।
रामबत्तीले हुन्छ त भनिन् तर, घरमा न चामल छ न दूध नै ..भन्ने कुरा छोरीको मायाले भुत्तुक्कै बिर्सिछन् । लिपपोत्त सकेर उनी छिमेकीकोमा चामल माग्न गइन । छिमेकीले नानाथरीको सुनाउँदै घरआंगनमा कुच्चो लगाउँन भनिन् । एकछिन मौन बसिन । शायद सोच्दै थिइन–छिमेकीले भनेको काम सक्दासम्म त मञ्जूलाई भोकले गाह्रो होला ।
रामबत्ती उठिन र कुचो समाएर छिमेकीको काम गर्न थालिन् । कामको सूरमा उनी छोरी भोकले आकुल व्याकूल होली भन्ने कुरा बिर्सिन ।
छिमेकीको ६ कोठे घर, बार्दली र ठूलो आंगनीमा कुच्चो लगाउँदा लगाउँदै निक्कै अबेर भै सकेको थियो । छिमेकीले कोठीबाट चामल झिकेर आँगनीमा थुप्रो लगाउँदै भनिन्, ‘यो पनि केलाउँ हैं…।’
रामबत्ती विवश थिइन । भनिन्, ‘छोरीको लागि भात पकाएर आउँछु, त्यसपछि केलाउँला । ’
छिमेकीः: हुँदैन, मेरो पनि चुल्हो बाल्ने बेला भई सक्यो, फेरी आज उहाँ (श्रीमान्) राजबिराज जाने, विपुल (छोरा) को क्रिकेट म्याच छ ….।
रामबत्ती निराश हुँदै बिन्ति गरिन्, ‘मञ्जूको बुवा परदेशमा छन्, एक्लो छोरीलाई घरमा छाडेर आएकी छु । ’
छिमेकी : थोरै छ, केलाएर आफ्नो सिदा लिएर जाउँ ।
रामबत्ती चामल केलाउँन थालिन् । समय तिब्र गतिमा थियो । १२ बजेपछि उनी एक छाँके चामल बोकेर घर पुगिन । मञ्जू घरमा थिइनन् । खौंछामा चामल लिएरै उनी मञ्जूलाई खोज्न भौतारिदै सारा बस्ती घुमिन । छोरी कत्तै फेला परिनन् । रुँदै, किलोल गर्दै छोरीलाई खोजि दिन टोलबासीलाई आग्रह गर्दै थिइन ।
त्यसैबीच, छुतहर काका खेतमा कृषिकर्म सकेर घर फर्केका रहेछन् । उनले गाउँका एक लागू पदार्थ दूव्र्यसनीसंग मञ्जूलाई आँपको बगैंचातिर जाँदै गरेको देखेका थिए ।
मञ्जू हराएको थाहा पाएपछि उनले रामबत्तीलाई छोरीलाई देखेको जानकारी दिए । त्यसपछि रामबत्तीसहित छरछिमेकीको एउटा लावालश्कर आँपको बगैंचातिर मञ्जूलाई खोज्न निस्के । बगैंचा नजिकै बाटोमा चकलेटका थुप्रै प्लास्टिकहरु यत्रतत्र थिए । पछ्याउँदै जाँदा बगैंचामा नयाँ विरुवा रोप्न खनिएको खाल्डो नजिकै रगतका टाटाहरु देखिए ।
रामबत्ती जोर–जोरले चिँच्याउँदै कहिले आफ्नो छात्तीमा मुक्का हान्थिन त कहिले आफ्नो कपाल आफै भुत्लाउँन थालिन् । खाल्डो भन्दा केही पर मञ्जूको कपडा पनि भेटियो….. ।
केही बेर बगैंचामा सन्नाटा छायो । छुतहर काकाले खाल्डोमा पुरिएको माटो हटाउँदै थिए । अन्यासै उनी ‘हे भगवान’ …..। भनेपछि भिड सबै खाल्डोतिरै झुम्मियो …….। रगतले लतपत मञ्जू नग्न शरीर चिर निद्रामा भेटिइन ।
रामबत्ती बेहोस् भइन्, दाँती छुटाउँन गाउँलेलाई हम्मे–हम्मे थियो । होश खुलेपछि, ‘दूधभात….दूधभात…..भन्दै बिलौना गर्दै आमा पटक–पटक बेहोस हुँन्थिन ।
विभत्स घटनाको केही दिनपछि गाउँमा बसेको पंचैतीमा अपराधीलाई केही हजार रुपैयाँ दण्ड तिराएर पीडितलाई क्षतिपूर्ति दिने निर्णय गरियो ।
यो निर्णय गाउँका सबैले मान्नै पर्ने उलेमा जारी गरियो । पंचैतीको नेतृत्व गर्नेहरुले यो घटनालाई बाहिरिनबाट रोक्न र प्रहरीबाट जोगिन सबै गाउँलेलाई किरिया (कसम) खान पनि लगाए । कसैलाई घरको बनहन, कसैलाई आगो, कसैलाई छोराको टाउँकामा हात राखेर किरिया खुवाए ….। यसरी गाउँका एक जना सामन्तीको बिगरैल र अपराधी छोरालाई पंचहरुले माफी दिए….. ।
तर, निर्धन र बेसहारा मञ्जू र उनको परिवारले न्याय पाएनन् । ‘निर्धनता हुनु नै मञ्जू र उनको परिवारको अपराध थियो’ भन्ने जस्तो अमानवीय र क्रुर्र नजिर गाउँले पंचहरुले बसालि दिए…..। यो क्रम अझै मधेशका गाउँघरमा कहिलेसम्म चल्ने हो ?
#अन्याय #गरिबी #दूधभात. #नेपाली_कथा #पंचैती

Language: Nepali
Tag: कथा
1 Like · 146 Views
Books from Dinesh Yadav (दिनेश यादव)
View all

You may also like these posts

कितना ज्ञान भरा हो अंदर
कितना ज्ञान भरा हो अंदर
Vindhya Prakash Mishra
मैं तुम्हें भरोसा ना दे सका गुड़िया
मैं तुम्हें भरोसा ना दे सका गुड़िया
पूर्वार्थ
बचपन
बचपन
Shashi Mahajan
कच्चे धागों से बनी पक्की डोर है राखी
कच्चे धागों से बनी पक्की डोर है राखी
Ranjeet kumar patre
" ना जाने "
Dr. Kishan tandon kranti
वो 'मां' कहलाती है
वो 'मां' कहलाती है
Shikha Mishra
मैं
मैं
Vivek saswat Shukla
साहित्य सत्य और न्याय का मार्ग प्रशस्त करता है।
साहित्य सत्य और न्याय का मार्ग प्रशस्त करता है।
पंकज कुमार कर्ण
My Loving book
My Loving book
Dr. Vaishali Verma
मौत का पैग़ाम होकर रह गई,
मौत का पैग़ाम होकर रह गई,
पंकज परिंदा
नमन तुमको है वीणापाणि
नमन तुमको है वीणापाणि
Dr. Ramesh Kumar Nirmesh
तेरे वास्ते छोड़ दूंगा ये दुनियां,
तेरे वास्ते छोड़ दूंगा ये दुनियां,
कृष्णकांत गुर्जर
क़ुदरत : एक सीख
क़ुदरत : एक सीख
Ahtesham Ahmad
दोहा त्रयी. . . .
दोहा त्रयी. . . .
sushil sarna
जवानी
जवानी
Shyamsingh Lodhi Rajput "Tejpuriya"
*भारत का वंदन करें आज, हम गीत तिरंगे का गाऍं (राधेश्यामी छंद
*भारत का वंदन करें आज, हम गीत तिरंगे का गाऍं (राधेश्यामी छंद
Ravi Prakash
एक क़ता ,,,,
एक क़ता ,,,,
Neelofar Khan
महबूबा और फौजी।
महबूबा और फौजी।
Rj Anand Prajapati
ध्येय बिन कोई मंज़िल को पाता नहीं
ध्येय बिन कोई मंज़िल को पाता नहीं
Dr Archana Gupta
बतायें कौन-सा रस है ?
बतायें कौन-सा रस है ?
Laxmi Narayan Gupta
Dr Arun Kumar Shastri
Dr Arun Kumar Shastri
DR ARUN KUMAR SHASTRI
*मन अयोध्या हो गया*
*मन अयोध्या हो गया*
ABHA PANDEY
जमाने के रंगों में मैं अब यूॅ॑ ढ़लने लगा हूॅ॑
जमाने के रंगों में मैं अब यूॅ॑ ढ़लने लगा हूॅ॑
VINOD CHAUHAN
हम शरीर मन बुद्धि से परे जा सकते हैं, बस हमें साहस की आवश्कत
हम शरीर मन बुद्धि से परे जा सकते हैं, बस हमें साहस की आवश्कत
Ravikesh Jha
🙅न्यू डेफिनेशन🙅
🙅न्यू डेफिनेशन🙅
*प्रणय*
*मतदान*
*मतदान*
Shashi kala vyas
चाय दिवस
चाय दिवस
Shyam Vashishtha 'शाहिद'
बेरोजगार युवाओं का दर्द।
बेरोजगार युवाओं का दर्द।
Abhishek Soni
**मन मोही मेरा मोहिनी मूरत का**
**मन मोही मेरा मोहिनी मूरत का**
सुखविंद्र सिंह मनसीरत
कविता के प्रेरणादायक शब्द ही सन्देश हैं।
कविता के प्रेरणादायक शब्द ही सन्देश हैं।
Mrs PUSHPA SHARMA {पुष्पा शर्मा अपराजिता}
Loading...