नाम
एक चोटी हजुरआमाको नाम सोध्दा
उहाँ भन्नुभएथ्यो.
“जन्मिदा ‘फलनाक पोती’ थिए.
ठुली भएपछी ‘फलनाक बेटी’ भए.
बिहे भयो अनि ‘फलनाक कनिया’
त्यसपछि ‘फलनाक माय’
आजकल सबैले
‘तिम्रो दादी’ वा ‘फलना गामवाली’, बोलाउने गर्छन”
म,
अहिले सोच्ने गर्छु
हजुरआमालाई यति धेरै पहिचान त थियो तर नाम किन थिएन….