जीवन जिउने कला
लेखेर सपना सारा,
बनाइ कागजको डुङा
पानीमा बगाएको छु।
जिन्दगी इनार झै टक्क अडाएर
सपनालाई सैर गराएको छु।
कागजको त्यो डुङा मैले
नदीमा सेलाएको छु।
दिने ती चोट सारा
हृदयमा बजारिएका पथ्थर
समहालेर राखेको छु।
मन भरी खतै-खत बोकेर
पथ्थरलाई छत दिलाएको छु।
मुर्ति कुदाएर तीनमा मैले
मन्दिरमा सजाएको छु।