Sahityapedia
Sign in
Home
Search
Dashboard
Notifications
Settings
3 Dec 2023 · 2 min read

#एकताको_अंकगणित

गाउँमा काकालाई अचेल स्रोता पाउँनै मुश्किल छ । उनलाई सुन्न कोही तयार छैनन् । हुनु पनि कसरी ? गाउँ युवाविहिन छ, पिढी अन्तर छँदैछ, काकाका दौंतरीहरू रोग पत्ता नलागिकनै स्वर्गलोक पुगिसकेका छन् । उनी भने अझै उस्तै तन्दुरूस्त छन् । अझ उनका सामाजिक ज्ञानका कुरा कुनै विश्वविद्यालयमा पठाइने पाठ्यपुस्तक भन्दा कम छैनन् । मैले एकताका पुस्तकहरूमा पढेका कुराहरू उनको मुखारबिन्दूबाट सुन्न पाउँदा बिछट्टै आनन्दको अनुभूति हुने गरेको छ ।

काका आज अन्ध्यारो मुद्रामा भेटिए । निराश, उदास र चिन्तित पनि देखिन्थे । मैले उनको अनुहार हेरेँ अनि सोधें –
‘काका आज चिन्तित मुद्रामा किन ?’
नजिकै उर्मिले राखिदिएको चियाको ग्लास नियाल्दै, त्यसमा परेको तर पन्छाउने सुर उनले के कसेका थिए, उनको हातको लौरो भूँईमा एक्कासी बजारिएर चर्को आबाज निस्कियो …! त्यो आबाज मेरो लागि विरलै सुनिने घटना थियो ।
म : काका ! चिया खानुस् , म लौरो उठाइँ दिन्छु…!
काका : (अलिक भावुक भन्दै…) बाबु ! तिमी असाध्यै असल छौं ।
म: ए….ए….! (एक छिन अलमलिदैं) ।

काका चियाको चुस्कीसंगै सुनाउन थाले – ‘बाबु ! जसरी ‘१०’, ‘१००ʼ, ‘१०००ʼ, ʼ१००००’ … बढ्दै जान्छ, शून्य (ता) थपिदैं जान्छ । त्यसैले हाम्रा पूर्वजहरूले सगुन र व्यवहारमा ‘११ʼ, ‘२१’, ʼ५१ʼ, ‘१०१’, ‘१००१’ दिने प्रचलनमा ल्याए ….। किन, थाहा छ ?’

वर्षौं कक्षाकोठामा गणित पढाएको म काकाको यो अंकगणित बुझ्नै मलाई गाह्रो भै रहेको थियो । तत्काल म अनुत्तरित थिएँ । एकैछिन मौन के बनेको थिएँ, काकाले मेरो मौनता भंग गर्दै भने – ‘बाबु ! किताबी ज्ञान र व्यवहारिक ज्ञानमा फरक छ । सुन – सगुनमा शून्य अंकको साटो एक थपेर दिनुको अर्थ : एक (एकता) कायम रहोस् , शून्य(ता) हैन….!’
म: (काकाको अनुहार हेरेको हेरे गर्दै,छक्क पर्दै) काकाको अंकगणित गजबको रै’छ …!

काकाको एकताको यो अंकगणित व्यवहारिक मात्र छैन अर्थपूर्ण, शिक्षाप्रद र धेरै अर्थमा सांकेतिक पनि छ ।

काका जुरूक्क उठ्दै खाटमा अडेस लगाएर राखिएको लौरो उचाल्दै मबाट छुट्टिने तर्खर गर्दै भने – ‘बाबु ! गाउँमा अचेल पहिले जस्तो एकता कहाँ छ र ? हाम्रा पूर्वजले कायम गरेको एकता, सद्भाव, सदाचार, मैत्रीभाव, अपनत्वभाव, भाईचारा, मेलमिलाप … अब छैन । मेरो चिन्ता र निराशाको कारण यही हो ….।’ काका आफ्नो गन्तव्यतिर लाग्नु भयो , म भने उनको एकताको मननयोग्य संदेशमा घोत्लिदैं गाउँमा आफ्नो दैनिकीमा व्यस्त भएँ ….। #एकता_नै_ठूलो_बल_हो #uncle #questionoftheday #FacebookPage #dineshreel #fact #voice #AmaZing #village #villagelife

#दिनेश_यादव
@राजगढ_०६_फकिरा
२०८०/०८/१७

Language: Nepali
Tag: कथा
289 Views

You may also like these posts

*****हॄदय में राम*****
*****हॄदय में राम*****
Kavita Chouhan
कहमुकरी छंद
कहमुकरी छंद
Rambali Mishra
दिलों का हाल तु खूब समझता है
दिलों का हाल तु खूब समझता है
नूरफातिमा खातून नूरी
ई-संपादक
ई-संपादक
Dr. Pradeep Kumar Sharma
"जीवन मंत्र"
Dr. Kishan tandon kranti
चल बन्दे.....
चल बन्दे.....
Srishty Bansal
साथ है मेरे सफर में, ये काँटें तो अभी तक
साथ है मेरे सफर में, ये काँटें तो अभी तक
gurudeenverma198
श्रद्धा तर्क, तर्कबुद्धि तथा ईश्वर (Faith, Logic, Reason and
श्रद्धा तर्क, तर्कबुद्धि तथा ईश्वर (Faith, Logic, Reason and
Acharya Shilak Ram
2646.पूर्णिका
2646.पूर्णिका
Dr.Khedu Bharti
गुनगुनाए तुम
गुनगुनाए तुम
Deepesh Dwivedi
आज के बच्चों की बदलती दुनिया
आज के बच्चों की बदलती दुनिया
अनिल कुमार गुप्ता 'अंजुम'
এটা আনন্দ
এটা আনন্দ
Otteri Selvakumar
राजनीति में शुचिता के, अटल एक पैगाम थे।
राजनीति में शुचिता के, अटल एक पैगाम थे।
सुरेश कुमार चतुर्वेदी
जिस समय से हमारा मन,
जिस समय से हमारा मन,
नेताम आर सी
लौट आना वहीं - कोमल अग्रवाल की कलम से
लौट आना वहीं - कोमल अग्रवाल की कलम से
komalagrawal750
कृतघ्न व्यक्ति आप के सत्कर्म को अपकर्म में बदलता रहेगा और आप
कृतघ्न व्यक्ति आप के सत्कर्म को अपकर्म में बदलता रहेगा और आप
Sanjay ' शून्य'
वो गुस्से वाली रात सुहानी
वो गुस्से वाली रात सुहानी
bhandari lokesh
युद्ध!
युद्ध!
Jai krishan Uniyal
एकाकार
एकाकार
Shashi Mahajan
युद्ध का रास्ता
युद्ध का रास्ता
Arun Prasad
https://15.235.203.15/ – Link vào nhà cái 188BET trang cá c
https://15.235.203.15/ – Link vào nhà cái 188BET trang cá c
88BET20315
स्त्री का सम्मान ही पुरुष की मर्दानगी है और
स्त्री का सम्मान ही पुरुष की मर्दानगी है और
Ranjeet kumar patre
*मधु मालती*
*मधु मालती*
सुरेश अजगल्ले 'इन्द्र '
*कुछ कहा न जाए*
*कुछ कहा न जाए*
Shashi kala vyas
सत्याधार का अवसान
सत्याधार का अवसान
Shyam Sundar Subramanian
प्रार्थना
प्रार्थना
Dr Archana Gupta
*रंगों का कारोबार*
*रंगों का कारोबार*
Shashank Mishra
"रफ़्तार पकड़ती ज़िंदगी"
ओसमणी साहू 'ओश'
..
..
*प्रणय*
जिद बापू की
जिद बापू की
Ghanshyam Poddar
Loading...