युवाको मानसिकता (नेपाली लघुकथा)
●दिनेश यादव :~
#हिजो असोज १ गते बसन्तपुर गएको थिएँ । #एमालेको कार्यक्रम हेर्न । त्यो कार्यक्रम आफैमा अनौंठो जस्तो लाग्यो । किनभने, त्यहॉ पहिला जस्तो हरेक कार्यक्रममा प्रयोग गरिने पार्टीको #झण्डा देखिएन । देखियो त अधिकांशको हातमा नेपालको झण्डा र छातीमा भिडाइ दिएको #नेपालको_चुच्चो_नक्शा ।
भीड बाक्लै थियो । त्यही भीडको एक छेउमा युवाहरूको ठूलो जमातको शिर निहुँरिएको देखें । अलिक पर दुई/चार युवाको शिर भने ठाडो देखें । नेताका चर्को भाषण चल्दै थियो । म भने फरक दुई युवा समूहलाई हेर्न भीड छिछोल्दै नजिकै पुगें । किनभने ती युवा समूहको #शिर निहुँराउनु र ठाडो पार्नुको कारण जान्ने जिज्ञासा जो मेरो मनमा थियो !
म नजिकै पुग्दा एउटा अचम्मको #दृश्य देखें । शिर निहुँराएका #समूहका अधिकांश युवा मोबाइल फोनमा व्यस्त थिए । अध्यक्षको चर्को भाषण चलिरहेकै बेला पार्टीका ‘#कर्मठ’ र ‘#सक्रिय’ भनिएका युवाहरूको यो मानसिकताले पार्टीको भविष्य र गन्तव्यको संकेत दिइरहेको थियो । उता, शिर उठाएका अर्को समूहका दुई/चार युवाको नजिक पुग्दा , उनीहरूले #शिर उठाउनुको कारण पनि #विचित्रको पाएँ । एक युवालाई सोधें- ‘भाईं ! उ…उता हेर्नुहोस् त, सबैले शिर झुकाएका छन्, तपाईले उठाउॅनुको कारण… ?’ ती युवा खिस्स हॉसे , अनि भने, ‘उहॉहरूसंग नेट छ….त्यसैले !, हाम्रो मोबाइलमा #नेट छैन…. ।’ यो भनाईले मलाई आश्चर्य लागेन । किनभने मैले पहिलेका युवाहरूलाई हेरिसकेको थिएँ । अचम्म त के लाग्यो भने-ती #युवा पनि नेता र त्यो भीडको उद्देश्य भन्दा फरक, मोबाइलमै रूमलिएको तिनको #मानसिकता जो पाएँ ! त्यसैले त तिनीहरूलाई पार्टीले आयोजन गरेको कार्यक्रममा नेपालको #झण्डा र नेपालको चुच्चो नक्शा अनि अध्यक्षका चर्को #भाषणले खासै मायने/महत्व राखेको रहेन छ। हॉस उठ्दो कुरा – सहरमा युवाहरूसंग #मोबाईलमा डाटा/नेट भए/नभए शिर उठाउने/नउठाउने गर्दा रहेछन्। उता गाउॅमा भएका युवाहरूलाई मासु, #रक्सी र बाइकमा पेट्रोल भए/ हालि दिए भीडमा सहभागी हुन आतुर हुन्छन् ।
भीड र भीडमा सहभागी भएकाहरूको यो मानसिकता र दिशाहीन यात्राले राजनीति र राजनीति गर्नेहरूको भविष्य ‘ब्ल्याक होल’ बन्नतिर उन्मुख देख्दैछु ।
#यथार्थ