धुवाँ (SMOKE)
एउटा गन्तव्यविहिन मान्छे
स्वतन्त्र देश बनाउन हिड्यो
पटक–पटक राज्य विप्लव मुद्दा झेल्यो
निच र कुकृत्यको अंधतामा
आफ्नै आमालाई वेश्या पनि भन्यो
सजायको भागिदारी बन्नुपर्नेमा
आफ्नै सहोदरलाई विदेशी भन्दै रमायो
आफैले सल्काएको आगो
र त्यसबाट निस्कने धुवाँलाई
हावामा मिलिन बनायो ।
स्वाधिनताको अर्थ नबुझ्ने मान्छे
खोक्रो भाषणबाजीले युवापिढीलाई बहकायो
थरि–थरिका नाटकमा रमायो
एउटा नाटकको कलाकार झै
देश र समाजमा
जातियताको विष घोल्यो
मानव मूल्य र नैतिकता बिर्सयो
राजनीतिक बिसासत भएकामाथि
नानाथरीको आरोप लगाउँदै आत्मरतिमा हरायो
परिवारवाद उखेल्ने आफ्नै उद्घोष चटक्कै बिर्सियो ।
विकास र सुशासनलाई नारामा उचाल्ने मान्छे
एउटा राष्ट्रसेवकको अनुहारमा मोसो दल्यो
आफ्नै क्षेत्रका उच्चपदासिन व्यक्ति विरुद्ध मोर्चामा लाग्यो
मल, खाद र सिंचाई दिने बहानामा
तालिवान शैलीको घटिया प्रदर्शन गर्यो
आफैले लगाएको आगोको मुस्लोलाई
पानी–पानी बनायो
तर धुवाँ झै आफ्नो पहिचान
आफैले खोज्दै पहिले आफै हरायो
फेरी हावा बनेर बिलायो ।
समाजमा आगो लगाउने मान्छे
स्वयंम दनदनी आफै बल्दै
आफैलाई राख बनायो
सत्ताको अंशियार बन्न ललायित भई
बारम्बार मोलमोलाईमा अभ्यस्त बन्यो
आफ्नै अस्मिताको ख्याल नगर्ने
सहिद र महानायकको योगदान कुल्चने दुस्साह गर्यो
आफ्नै अडानको ठेगान लगाउन उद्त
आफैलाई धुवाँ– धुवाँ बनायो
हावामा विलिन हुँदै जनमन छियाँ–छियाँ बनायो ।
#दिनेश_यादव
काठमाडौं, कलंकी, नेपाल (९ अप्रिल २०२३)
#धुवाँ (#Smoke) , #अस्मिता, #सहिद
#Man (#मान्छे), #देश (#Country)
#Nepali_Poet, #नाटक (#Drama)