#एउटा_पत्रकारको_परिचय
केही दिनका लागि म मधेशतिर झरेको थिएँ । समय निर्वाचनअघिको हो ।
एकदिन दिउँसोतिर राजबिराजको एउटा पान पसलमा निकै भिड थियो । म पनि भिडको एक सदस्य कै रूपमा आफ्नो पालो कुरिरहेको थिएँ । काठमाडौंबाट भर्खरै झरेकोले मेरा दॉतहरू सेताम्य थिए, अझ कालो वर्णको म जस्ताको परिचय यसले दिएकै थियो । बायाँ पट्टीको कॉधमा मैले झुन्ड्याएको सुतीको सानो झोलाले त्यो भिडमा म अलिक फरक देखिन्थे । त्यही भिडको एक छेउमा ठिङ्ग उभिएका एक वयस्क पुरूष, जसका दाँत कालो न कालो थियो, पान तयार हुञ्जेल तिनले दुई वटा जति ‘भोला’ मुखमा हालेर सडकमा पिच्काई सकेका थिए । ऊ मेरो नजिक आयो अनि सोध्यो –
‘तपाई के गर्नुहुन्छ ‘
मैले भने – ‘पत्रकार हूँ’ ।
तिनले भोला मिश्रित दुर्गन्धित रस सडकमा पिच्काउँदै सोध्यो –
‘तपाई कुन पार्टीमा हुनुहुन्छ ?’
म अबाक थिएँ । त्यसैबीच, दुवै जनाको पानको खिल्ली एक्कै पटक पसलेले तयार गरिदिएछन् । हामीलाई डाक्यो । दुवैले पान खायौं । म तिनीसंग अपरिचित थिएँ । तर, तिनले मलाई तिनीसंग परिचय हुने मौंका नै दिन चाहेनन् । भन्यो -‘यो पानको पैसा म दिन्छु ।’
मैले भने, ‘ म नै दिन्छु ।’
तिनले पैसा झिके जस्तो मात्र के गरेको थियो मेरो भनाईले तिनी हाकाहाकी खुशी देखिन्थे । मैले पान पसलेलाई पैसा कति भयो भनेर सोधें । जबाफ आयो -‘ साठी ।’
मैले पर्सबाट ५० रूपैयाँ निकालेकै थिएँ, दश थपेर पान पसलेलाई दिँदै आफ्नो गन्तव्यतिर लाग्दै गर्दा ती अपरिचित फेरी मेरो नजिक आयो । सोध्यो,’ पत्रकार जी ! तपाईको नाम के हो ?’
मैले भने, ‘#दिनेश’ ।
तिनले मधुरो स्वरमा भन्यो, ‘ एऽऽऽ #हिन्दू !’
म उनको अनुहार हेर्दै आश्चर्यचकित भएँ।
त्यसैबीच तिनले अर्को जिज्ञासा तेर्सायो, ‘ तपाईको #आश्रम के हो?’
मधेशतिर कसैको #जात थाहा पाउन आश्रम शब्द प्रयोग गर्छन् । यो मलाई थाहा थियो । तर, पनि मैले उनलाई प्रतिप्रश्न गरें,’ तपाईले के सोध्नु भा’को, त्यो मैले बुझिनँ ।’
तिनले भने, ‘पत्रकार जीको जात के पर्यो ?’
मैले भने, ‘#यादव । ‘
त्यसपछि तिनले आफ्नो हाइपोथेसिस सुनायो, ‘ अरे ! तपाई त #उपेन्द्र_यादवको पार्टीको मान्छे हुनुपर्छ ।’
म ‘नाजबाफ’ भइ त्यहॉबाट बलजफ्ती हिडें । मेरो मनभित्र प्रश्न र जिज्ञासाहरूको चाङ्ग ठडी सकेको थियो । मोटरसाइकलमा किक हाँन्दै एक्सिलरेटर बटार्दै गर्दा मेरो मनभित्र संवादको श्रृंखला शुरू भएछ- काठमाडौंमा मलाई धेरैले #मधेशी भनेर चिन्छन् । ती मध्ये केहीले अपहेलित भावमा- भैया, धोती, इण्डियन, भेले… भनेकै थिए । आज आफ्नै गृहनगरमा म मधेशी होइन, मेरो नाम बाटै मलाई #हिन्दू र जातकै कारण यादव थरका व्यक्तिले नेतृत्व गरेको पार्टीको मान्छेका रूपमा पहिचानिदो रहेछु । शायद म #पत्रकार भएर पो हो कि ? नेपालमा पत्रकारहरू पार्टीगत, जातिगत, धर्मगत, सम्प्रादायगत…रूपमा बिभाजित र ध्रुवीकृत भएकै कारणले आमजनको म जस्ता संचारकर्मीप्रतिको यसप्रकारको धारणा पछिल्लो समय बन्न थालेको हुनुपर्छ !! #badfeeling #notgood #concept