एउटा मधेशी ठिटो
![](https://cdn.sahityapedia.com/images/post/38b7b74882773bd092b3940a385f5b15_9fa1add6c4b5a3c540d0a5b5660dbef6_600.jpg)
#दिनेश_यादव
पढ्छ #गणित
पढाउँछ #तथ्यांक
#गुलामी,
र #विवाद गर्छ #नेपालीमा
कहिलेकाही झार्छ
अनि भाँज्छ #हिन्दी
लेख्छ,
भडास् निकाल्छ #फेसबुकमा
जब कसैको आमनेसामने हुन्छ
#गलत कुरामा
बिना सित्तै तन्किन्छ
अनि अडिन्छ
सांगुरो #मानसिकता लिएर
बोल्छ
#राजनीतिको #भाषा
तर,
गर्छ जातियताको कुरो
ठान्छ,
आफूलाई #युवा
तर,
#पुरातन मनोग्रन्थीको सिकार छ
सर्वव्यापी पनि
बन्न खोज्छ
तर,
मन लाग्दी लेख्छ
धेरैको नजरमा
गिर्दैछ
त्यो मधेशी
#ठिटो ।