Sahityapedia
Sign in
Home
Search
Dashboard
Notifications
Settings
5 Oct 2022 · 3 min read

संस्कारी नाति (#नेपाली_लघुकथा)

~~~~~#दिनेश_यादव::~~~~~
#हजुरआमा बिहानै खाटबाट उठेपछि भनिन्,
‘ भोलवा नाति ! लुकमानको दोकानबाट एक बट्टा लैला बिडी ल्याई देऊ न… । बुवासंग पैसा लिएर जानु है ।’
#नाति ,’ हस् हजुरआमा ।’
त्यसपछि भोलवा आफ्नो बुवा नसिबालाई खोज्दै पुरनी महार (पोखरी)सम्म पुग्छन् । त्यहॉ नसिबाले मैदान(शौंच गर्नु) गरेर भर्खरै पन्छुआ (दिसा पखाल्नु) लिई दाॅत माॅझ्न नजिकैको बाॅस झ्याङमा कर्ची खोज्दै थिए ।
#भोलवा,’ बुवा! हजुरआमालाई एक डिबा बिडीको पैसा दिनु न । #नसिबा, ‘छोरा,मसंग अहिले बटुवा(बगली) छैन् । म सुत्ने घरको मोख माथि तम्बाकूको बटुवा छ, त्यसैमा चानचुन पैसा छ, लिई दोकान जानु ।’
भोलवा घर फर्केर बटुवा खोज्न थाले, तर फेला पार्न सकेनन् । #हजुरआमाले उसलाई देखेपछि तगेदा गरिन,’ खोई, ल्याएनौं बिडी भोलबा नाति?’
#नाति ,’ पैसा पाईंन हजुरआमा, बुवा मैदान जानुभएको छ । त्यता भेटेर आको, उहॉले भनेको ठाउॅमा बटुवा भेटिनँ , पैसा त्यसैमा छ रे !’
#हजुरआमा,’ भोलवा नाति ! भन्साघरको ठेक (धान राख्ने सानो भखारी) बाट कोनियॉ ( बाॅसको कप्टेराबाट बनेको सामग्री) मा धान निकालेर पसल पुगेर ल्याई देऊ न बिडी ।’
भोलवा नातिले आफ्नी आमा बोलबेचनीसंग यो कुरा भन्न पुग्छन् । #बोलबेचनीले बुढी हजुरआमालाई सत्तोसर्राप्दै भन्न थाल्छिन,’ यी बुढिया मरे पनि हुने, यिनलाई बिहानै बिहान बिडी चाहिने…, हेर ! मेरो छोरालाई दु:ख दिएको ..! कमाउने केही होइन, बसि-बसि खाने,अझ ठेककै धान यिनलाई चाहिने ….!’
#हजुरआमा बुहारीको सबै गन्थनमन्थन र सत्तोसर्राप मौनता साथ सुनिरहेकी थिईन । तिनका आँखा रसाई सकेको रहेछ । सहास गर्दै भनिन,’ एक डिबा बिडीका लागि तिमीले मलाई कत्ति गालि गर्छ्यौ । मैले आर्जेकै सम्पत्तिमा तिमी रजाई गर्छ्यौ…. । भो-भो चाहिएन तिम्रो धान…..!’
भोलवा नातिले हजुरआमा र आमाबीचको संवाद दरबज्जामा रहेको बकेनमा(दूध दिने) भैंसीको लाॅधीमा बसेर चुपचाप सुनेका थिए । भित्रभित्रै हजुरआमाप्रति दयाभाव र आफ्नी आमाप्रति विद्रोहको भाव उनीमा प्रवेश गरिसकेको रहेछ । त्यो घटना लगत्तै आमाले अर्हाएको काममा उसले अटेरी गर्नु र हजुरआमाको छेउमा गई भलाकुसारी गर्नुले त्यसको थोरबहुत पुष्टि गरिरहेको थियो । उत्ता बोलबेचनी अझै पनि शान्त हुन सकेकी थिईनन् । सासुप्रतिको उनको विषवमन जारी थियो । त्यसैबीच नसिबा आईपुग्छन् । #नसिबा, ‘के भयो भोलवाको आमा तिमीलाई ? बिहानै-बिहान किन बप्पराहैर (चिच्चाउनु) गरिरहेकी छ्यौं ।’
#बोलबेचनी ,’ यो बुढिया(सासु) र मुनसबा (लोग्ने) मिलेर मलाई मार्न खोज्दै छन् (रूदैं) ।’
#नसिबा,’ के भयो भन न, भोलवाको आमा ?’
#बोलबेचनी,’तिम्रो आमाले तिम्रो छोरालाई ठेकको धान चोर्न सिकाउॅदै छिन । यो बुढिया मरे हुने नि ….!’
#नसिबा,’ हो आमा! बोलबेचनीले भनेको कुरा सहि हो ?’
भोलवा हजूरआमाको काँखमा बसेका थिए । नसिबाले आफ्नी बुढी आमासंग गरेको प्रश्नपछि भोलवा हजूरआमाको कपाल सुम्सुमाउन थालेका थिए ।
#हजुरआमा (रूदैॅ),’ म फूलसरी आफ्नो नातिलाई चोरी गर्न किन सिकाउनु, छोरो ? एक डिबा बिडीको लागि यत्रो गंजन सुन्नु पर्यो । तिम्रो बेमाईन बुवाले मलाई यस्तै दिन हेर्नका लागि छोडेर गए…! हे भगवान मलाई लैजाऊ …! ‘
#भोलवा नसिबाको नजिक पुग्छन् । भन्छन,’ मेरी आमा झुठो बोलिरहनु भएको छ । तपाईको बटुवा नभेटेपछि हजुरआमाले ठेकको थोरै धान निकालेर लुकमान दोकानबाट बिडी ल्याउन भन्नु भएको मात्र हो । यो कुरो मैले आफ्नी आमासंग गएर भन्दा उहॉ हजुरआमालाई गाली गर्न थाल्नु भएको हो ….। ‘
#नसिबा, ‘ भोलवा आमा! तिमी यो सानो कुरामा यत्रो बबण्डर किन मच्चाएकी ? भो-भो तिललाई पहाड नबनाऊ । बरू जलखोई (बिहानको नास्ता) लगाऊ, झहुरा हटियाबाट मल किन्न जानुछ , रवि फसल (हिउॅदमा लगाईने अन्नवाली) लाई मल हाल्ने बेला भै’सको ।’
यसैबीच, नसिबाले बटुवाबाट पैसा झिकेर भोलवालाई दिएछन् । भोलवा दौडेर पसल गई हजुरआमाका लागि बिडी ल्याई दिएछन् । #हजुरआमालाई बिडी दिनु अघि उसले एउटा शर्त तेर्साएछन्- ‘हजुरआमा ! मैले भनेको एउटा कुरा मान्नुहुन्छ ? अनि मात्रै तपाईलाई बिडी दिन्छु (हजुरआमालाई अंकमाल गर्दै) ।’
#हजुरआमा,’ भन न नाति! तिमीले भनेको कुरा मान्छु ।’
#भोलवा,’ तपाईले मान्नु हुन्न, मलाई थाहा छ ।’
#हजुरआमा, ‘ मान्छु,मान्छु, मेरो नातिले भनेको कुरा मान्छु, क्या ! अब त भन न …!
#भोलवा ,’हजुरआमा ! तपाईले बिडीका लागि यत्रो गञ्जन सहनु पर्यो । यो शरीरका लागि हानिकारक पनि छ, तपाईको स्वास्थ्य पनि यसले बिगार्छ । त्यसैले बिडी खान छाड्नुस । यो डिबा सकेपछि मलाई बिडी ल्याउन कहिले भन्नु हुन्न भन्ने बाचा गर्नुस्।’ #हजुरआमा एकैछिन मौन बसिन र भनिन, ‘ हुन्छ, नाती मैले अबदेखि बिडी खान छाडें । बरू पसल जाऊ र यो बिडीको डिबा साटेर चकलेट लिएर आऊ । हामी दुई मिलेर खाउॅला ।’ #ShortStory

Language: Nepali
Tag: कथा
2 Likes · 503 Views
Books from Dinesh Yadav (दिनेश यादव)
View all

You may also like these posts

जिंदगी का बोझ
जिंदगी का बोझ
ओनिका सेतिया 'अनु '
जा तुम्हारी बेवफाई माफ करती हूँ।
जा तुम्हारी बेवफाई माफ करती हूँ।
लक्ष्मी सिंह
*चुनावी कुंडलिया*
*चुनावी कुंडलिया*
Ravi Prakash
*फूलों सा एक शहर हो*
*फूलों सा एक शहर हो*
सुखविंद्र सिंह मनसीरत
"कुछ खास हुआ"
Lohit Tamta
रोना भी जरूरी है
रोना भी जरूरी है
Surinder blackpen
शाम हो गई है अब हम क्या करें...
शाम हो गई है अब हम क्या करें...
राहुल रायकवार जज़्बाती
#मुक्तक-
#मुक्तक-
*प्रणय*
संसार में कोई किसी का नही, सब अपने ही स्वार्थ के अंधे हैं ।
संसार में कोई किसी का नही, सब अपने ही स्वार्थ के अंधे हैं ।
Dinesh Yadav (दिनेश यादव)
सद्विचार
सद्विचार
अनिल कुमार गुप्ता 'अंजुम'
सच्चाई सब जानते, बोलें फिर भी झूठ।
सच्चाई सब जानते, बोलें फिर भी झूठ।
डॉ.सीमा अग्रवाल
कविता
कविता
Rambali Mishra
वादा
वादा
goutam shaw
कोशिश कर रहा हूँ मैं,
कोशिश कर रहा हूँ मैं,
Dr. Man Mohan Krishna
सोचते हो ऐसा क्या तुम भी
सोचते हो ऐसा क्या तुम भी
gurudeenverma198
पेड़ और नदी की गश्त
पेड़ और नदी की गश्त
Anil Kumar Mishra
दोहा पंचक. . . . . पत्नी
दोहा पंचक. . . . . पत्नी
sushil sarna
हमने आवाज़ देके देखा है
हमने आवाज़ देके देखा है
Dr fauzia Naseem shad
ईश्वर की व्यवस्था
ईश्वर की व्यवस्था
Sudhir srivastava
शब्द
शब्द
Suryakant Dwivedi
शब का आँचल है मेरे दिल की दुआएँ,
शब का आँचल है मेरे दिल की दुआएँ,
डॉ. शशांक शर्मा "रईस"
"नाना पाटेकर का डायलॉग सच होता दिख रहा है"
शेखर सिंह
चलो शुरूवात करो
चलो शुरूवात करो
Rekha khichi
खामोश किताबें
खामोश किताबें
Madhu Shah
"आँखें "
Dr. Kishan tandon kranti
टूटे नहीं
टूटे नहीं
हिमांशु Kulshrestha
ग़ज़ल
ग़ज़ल
Phool gufran
- अपना होना भी एक भ्रम है -
- अपना होना भी एक भ्रम है -
bharat gehlot
पिता की याद।
पिता की याद।
Kuldeep mishra (KD)
लोगों को सत्य कहना अच्छा लगता है
लोगों को सत्य कहना अच्छा लगता है
Sonam Puneet Dubey
Loading...