शिक्षा (Education) (#नेपाली_भाषा)
शिक्षा (Education) (#नेपाली_भाषा) :::: म कलेज पढ्दाताका छुट्टीमा आफ्नो गाउँ #फकिरा गएको थिएँ ।
त्यहॉ #हजूरबुवा #कुञ्जीलाल दादाले मलाई अन्यासै सोध्नु भयो,’ नाति! तिमीले कहिले भाँडा सफा गरेका छौ ?’
म एक छिन अक्कमक्किए !
मैले भने, ‘हजूर! सफा गरेको छु ।’
हजूरबाले फेरी प्रश्न तेर्साउनुभयो, ‘ #भाँडा सफा गर्दा के सिक्यो ?’
एक जना स्नातकमा पढिरहेको #विद्यार्थी (म) संग सोधिएको थियो, यो प्रश्न ।
म एकैछिन गम्भिर त बने तर बिना #ढिलाई मैले #जवाफ दिएँ, ‘भाँडा सफा गरे के सिक्नु र! हजूरबा ।’
उहाँ बेस्सरी हाँस्दै भन्नुभयो,’व्यवहारिक #शिक्षा अभावमा तिमीले यसो भनिरहेका छौं ।’
म उहॉको #अनुहार हेरे, केही बेर मौन बसें…। त्यहाँबाट हिड्ने तर्खर गर्दै थिएँ ।
हजूरबाले भन्नुभयो,’ हेर नाति ! भाँडालाई बाहिर भन्दा पनि भित्र बढी सफा गर्नुपर्छ ।’
उहॉको त्यो भनाई त्यसताका मैले बुझ्नै सकेको थिइन। अहिले बल्ल बुझ्दैछु ,’मानिसले बाहिर भन्दा पनि आफ्नो भित्र बढी #सफा राख्नुपर्छ ।’
हजूरबाको त्यो गजबको #व्यवहारिक शिक्षा धेरैका लागि अनुशरणीय हुन सक्छ ।