चारु
चारु
प्याराका कुरा धारिला छुरा सुन्दाको आपत
लिएर अंश जाने रे अन्तै लेखेर कागत ।
अमिलो हुँदो रहेछ अर्ति कलिलो जाँड झैं
बुढ्यौली लाग्यो खुट्टामा छैन उभिने तागत।
मान्छेको जात विचित्र हुन्छ प्रेमको मामला
सबैले साजी चाहन्छन् बासी खाँदैनन् साग त ।
छोरीको शिक्षा हुनेछ भोलि नाफाको कारण
कमाई बढ्छ बढेमा हाम्रो पुजिको लागत ।
उज्यालो थियो अध्यारो भयो बेहुली जीवन
आएकी थिइन् डोलीमा चढी द्वारमा स्वागत।
• देवी पन्थी