Sahityapedia
Login Create Account
Home
Search
Dashboard
Notifications
Settings
17 Dec 2022 · 2 min read

काकाको चप्पल (Uncle’s Slippers)

गाउँमा घरको बार्दली तल एक जोडी खिइएको र प्वालै प्वाल भएको चप्पल धेरैं दिनदेखि एक निश्चित समयमा संधै देखिन्थ्यो ।
समय जब बिहानको ठ्याक्कै साढे सात बज्थ्यो, यी जोडी चप्पलको आबाज सुनिन्थ्यो । बाहिर बार्दली तल टकरक्क राखेको देखिन्थ्यो ।
त्यसै क्रममा खोकी गर्दै एउटा ज्येष्ठ नागरिकको स्वर पनि सुनिथ्यो – ‘ महिस दुहा गेलह, दूध लऽ आ न (भैंसी दुहि सक्यो, दूध ल्याइ हाल्नुस् ।)
त्यो चप्पलको सम्बन्धमा र दूधको सूचना दिन आउने ती ज्येष्ठ नागरिकबारे मेरो मनमा जिज्ञासा जाग्यो । एक दिन तिनका छिमेकीलाई सोधें ,’ भैयारी हौ ! हुराँठ चाचाके भैंस के दुहैछ? ‘(दाजू ! हुँराठ काकाको भैंसी कसले दुही दिन्छ?)
जबाफ आयो, ‘ बुढ्वा अपने दुहैछ'( बुढोले आफै दुहन्छ )’
फेरी अर्को जिज्ञासा मनमा उठ्यो, तर कसैलाई सोध्ने हिम्मत गर्न सकिन । त्यो जिज्ञासा थियो-‘ काका संधै भैंसी दूहेको सूचना त दिन आउँछन्, दूध लिएर किन आउॅदैनन्,आए पनि हुन्थ्यो नि …! आखिर ऊ यही त आउने हुन्, हामी जानु पर्थ्येन !’
काकाले यसो किन गर्दा रहेछन् भनेर खोतल्न थालें।
यो कुरो धेरैलाई सोधें पनि । सबैले आ-आफ्नै तर्क दिए । त्यसमध्ये एउटा तर्क थियो, ‘ काकाको घरमा चिया पाँक्दैन रे । त्यही भएर उनी आएको हुनुपर्छ ।’
मैले यसैलाई उपयुक्त कारण ठानिन । ‘काका यहाँ दूध लिएर आए पनि त चिया खान सक्छन् नी !’ मैले ठम्याएँ ।
एक दिन घरमा दूध ल्याईवरी चिया पाकेपछि ‘पियो फेको’ (मधेशतिर प्रदूषण फैलाउने प्लास्टिकको गिलास :: मैले त्यसपछि सीमावर्ती बजारबाट प्लास्टिकको साटो पेपर ग्लास घरमा प्रयोगमा ल्याएँ) मा चिया लिएर काका समक्ष आफै पुगें । चिया चुस्की लिँदै सोधें-
‘काका घरमा सबैजना सकुशल छन हैन ?’
काकाले भन्यो, ‘ सबै सकुशल छन्, दुई छोराहरू खाडी मुलुकमा छन्, बर्षभरीमा लाखौलाख पठाउँछन्….’ (नन स्टप तिनले भन्दै थिए )।
मैले बीचैमा रोक्दै सोधें –
‘काकाको दू:खका दिन गएछ, अब हैन ।’
चाचा एकाएक भावुक बनेछन् । नाकको सिंगान पुछ्दै एक आध पटक खोकी गर्दै फेरी तिनले बेलीबिस्तार लगाउन थाले-
‘केटाहरूले पैसा मलाई दिन्नन् । श्रीमतिलाई दिन्छन्, आ-आफ्नो ससुरालीमा ब्याजमा लगाउँछन् । यी हेर्नुस् न प्वालै प्वाल भएको चप्पल लगाउछु (चप्पल हातमा लिएर) । घरमा चिया पाक्दैन, दूध बेचेको पैसा पनि बुहारीहरू बाँडीचुडी लिन्छन् । तीन बिगहा खेतको उब्जनीहरू पनि केटाहरूले आफै राख्छन् । मलाई जीवितमा ५ कठ्ठा खेत दिएका छन् । कृषीकर्ममा खर्च बढी छ उत्पादनले साल भरी पुग्दैन ….।’
म मौन थिए, टाउको हल्लाउँदै काकाको कुरा सुनिरहे । आखॉ रसाएको चालै पाइँन । मैले घाँटीमा लपेटेको कलकत्तिया गम्छाले आफ्नो अनुहारलाई पुछें….. ।
मैले त्यो खिईसकेको चप्पल र बिहानै काकाले दूध नल्याई सूचना मात्र दिन आउनुको कारण जो थाहा पाई सकेको थिएँ ।
मन अमिलो बनेपनि काकाको घरमा गएर कसलाई सम्झाई बुझाई गर्नु ? छोराहरू नै बाआमाको हुन सकेन भने अर्को व्यक्तिले जति सम्झाए पनि हुन्न । तर पनि प्रयासमा लागें । तर, तिनका ‘लडाकू बुहारीहरू’ का कारण कसैले पनि काकाको घर जान मलाई सल्लाह दिएनन् । काठमाडौं फिर्ने बेला काकालाई एक जोडा लोतीवाला चप्पल दिएँ, त्यसबाट काकाको अनुहार उज्यालो देखें । तिनीबाट थुप्रै आशिष पाएँ ।
#दिनेश_यादव

Language: Nepali
Tag: कथा
1 Like · 947 Views
📢 Stay Updated with Sahityapedia!
Join our official announcements group on WhatsApp to receive all the major updates from Sahityapedia directly on your phone.
Books from Dinesh Yadav (दिनेश यादव)
View all
You may also like:
सुप्रभात
सुप्रभात
*प्रणय*
ईश्वर के सम्मुख अनुरोध भी जरूरी है
ईश्वर के सम्मुख अनुरोध भी जरूरी है
Ajad Mandori
Justice Delayed!
Justice Delayed!
Divakriti
ज़िंदगी  है  गीत  इसको  गुनगुनाना चाहिए
ज़िंदगी है गीत इसको गुनगुनाना चाहिए
Dr Archana Gupta
लड़को की योग्यता पर सवाल क्यो
लड़को की योग्यता पर सवाल क्यो
भरत कुमार सोलंकी
ना देखा कोई मुहूर्त,
ना देखा कोई मुहूर्त,
आचार्य वृन्दान्त
मिट्टी का खिलौना न जाने कब टूट जायेगा,
मिट्टी का खिलौना न जाने कब टूट जायेगा,
Anamika Tiwari 'annpurna '
4391.*पूर्णिका*
4391.*पूर्णिका*
Dr.Khedu Bharti
बच्चे
बच्चे
Kanchan Khanna
झाग गुमसुम लहर के आंँसू हैं
झाग गुमसुम लहर के आंँसू हैं
Sandeep Thakur
*चुनावी कुंडलिया*
*चुनावी कुंडलिया*
Ravi Prakash
हो सके तो खुद के मित्र बनें शत्रु नहीं
हो सके तो खुद के मित्र बनें शत्रु नहीं
Sonam Puneet Dubey
क्षणिका
क्षणिका
sushil sarna
जब दादा जी घर आते थे
जब दादा जी घर आते थे
VINOD CHAUHAN
"समझाइश"
Dr. Kishan tandon kranti
जाने जिंदगी में ऐसा क्यों होता है ,
जाने जिंदगी में ऐसा क्यों होता है ,
ओनिका सेतिया 'अनु '
पहली दस्तक
पहली दस्तक
हिमांशु बडोनी (दयानिधि)
मोहब्बत में इतना सताया है तूने।
मोहब्बत में इतना सताया है तूने।
Phool gufran
कारगिल युद्ध के समय की कविता
कारगिल युद्ध के समय की कविता
दीपक नील पदम् { Deepak Kumar Srivastava "Neel Padam" }
Shankarlal Dwivedi reciting his verses and Dr Ramkumar Verma and other literary dignitaries listening to him intently.
Shankarlal Dwivedi reciting his verses and Dr Ramkumar Verma and other literary dignitaries listening to him intently.
Shankar lal Dwivedi (1941-81)
कहा जाता है
कहा जाता है
हिमांशु Kulshrestha
माता पिता के बाद जो कराता है आपके कर्त्तव्यपथ का ज्ञान उसे व
माता पिता के बाद जो कराता है आपके कर्त्तव्यपथ का ज्ञान उसे व
Rj Anand Prajapati
मैं उनकी ज़फाएं सहे जा रहा हूॅं।
मैं उनकी ज़फाएं सहे जा रहा हूॅं।
सत्य कुमार प्रेमी
फिर से अजनबी बना गए जो तुम
फिर से अजनबी बना गए जो तुम
लक्ष्मी वर्मा प्रतीक्षा
ശവദാഹം
ശവദാഹം
Heera S
अंतहीन प्रश्न
अंतहीन प्रश्न
Shyam Sundar Subramanian
*नई मुलाकात *
*नई मुलाकात *
DR ARUN KUMAR SHASTRI
उम्रभर रोशनी दिया लेकिन,आज दीपक धुआं धुआं हूं मैं।
उम्रभर रोशनी दिया लेकिन,आज दीपक धुआं धुआं हूं मैं।
दीपक झा रुद्रा
हम बच्चे ही अच्छे हैं
हम बच्चे ही अच्छे हैं
Diwakar Mahto
Dear myself,
Dear myself,
पूर्वार्थ
Loading...