Sahityapedia
Login Create Account
Home
Search
Dashboard
Notifications
Settings
9 Sep 2023 · 2 min read

सापटी

सापटी (#लघुकथा👇)

#ग्रामोधार_काका : भरोसीया ! तिमीले लिएको सापटी रकम कहिले फर्काउँछौ ? धेरै दिन भै-सक्यो त …?
#भरोसीया : छोराले विदेशबाट आफ्नो कमाई पठाएको छैन ! उताबाट आउने बित्तिकै हजूरलाई फिर्ता दिन्छु ।…..
(छ महिना पछि ग्रामोधार काका फेरी सापटी रकम माग्न पुग्छन् ।)
#ग्रामोधार_काका : खै त ! ६ महिना भै सक्यो, अझै तिम्रा छोराले विदेशबाट पैसा पठाएको छैन, भरोसीया ? …..
#भरोसीया : (केही बेर नसुने झै गर्दै) ….छैन पठाको । पऽऽठाऽऽको…भए त फिर्ता गरि हाल्थे नि ।
#ग्रामोधार_काका : झुठ न बोल न ! समतोलियाको आमा (भरोसीको पत्नी) दुई दिनअघि मात्र काकीसंग बैंकको चेकबुक भराउन(लेखाउन) गएकी थिइन भनेर मेरो कानमा आएको छ ।… (मधेशतिर निरक्षरहरूले पढेलेखेकाहरूसंग चेकमा नाम र रकम लेखाउने चलन छ ) । भरोसीया निधारमा ह्वार्र-ह्वार्ती आएको पसिना पुछ्दै ।
#भरोसीया : काका ! सत्य थाहा पाइ हाल्नु भयो । हो…उताबाट केही रकम छोराले पठाएकै हो, त्यो रकमबाट समतोलियाको आमाको गहना बन्धकी छुटायौं । अब रकम आएपछि तपाईलाई नै दिने हो ।
(अर्को छ महिना पछि ग्रामोधार काका फेरी सापटी रकम माग्न पुग्छन् । )
#ग्रामोधार_काका : खै त ! अझै तिम्रा छोराले पैसा पठाएको छैन, भरोसीया ? म बिरामी छु, तिम्रो काकी बिरामी हुनुहुन्छ, औषधीमुलोमा हाम्रो खर्च बढेको छ । तेलनुन, लुगाफाटो पनि किन्नुछ, नातीहरू बाहिरबाट आउँदैछन्, तिनीहरूमा पनि केही खर्च गर्नुपर्छ…….! ( काकाले आफूलाई रकम चाहिनुको कारणबारे बेलिविस्तार लगाउँदै थिए ) । त्यसै बीचै झगरू चाचाको प्रवेश हुन्छ । उनले ग्रामोधार काकाको कान नजिकै गएर केही कुरा सुनाउँछन् । उनको जिब्रोले मि…ट…र…ब्या…जी…को उच्चारण गरेको जस्तो देखिन्थ्यो । झगरूको प्रस्तुति शैली हाकाहाकी त्यसैको पुस्टि गर्ने खालको थियो । त्यसपछि त्यहाँ निकै बेर एक प्रकारको सन्नाटा र मौनता छायो । (केही समयपछि )
#झगरू_चाचा :(ग्रामोधार काकालाई हेर्दै) ….कस्तो जमाना आएछ ? आफैले दिएको सापटी रकम माग्दा पनि आफूलाई त्यो रकम किन चाहियो भनेर बताउनु पर्छ । अझ के-कुन्नी ब्याजी को नाममा प्रताडित समेत हुनुपर्छ ? … बडा दशा बा..! ●~#दिनेश_यादव●~

Language: Nepali
Tag: कथा
1 Like · 147 Views
📢 Stay Updated with Sahityapedia!
Join our official announcements group on WhatsApp to receive all the major updates from Sahityapedia directly on your phone.
You may also like:
पधारो मेरे प्रदेश तुम, मेरे राजस्थान में
पधारो मेरे प्रदेश तुम, मेरे राजस्थान में
gurudeenverma198
भजलो राम राम राम सिया राम राम राम प्यारे राम
भजलो राम राम राम सिया राम राम राम प्यारे राम
Satyaveer vaishnav
हम अपनी आवारगी से डरते हैं
हम अपनी आवारगी से डरते हैं
Surinder blackpen
मिली जिस काल आजादी, हुआ दिल चाक भारत का।
मिली जिस काल आजादी, हुआ दिल चाक भारत का।
डॉ.सीमा अग्रवाल
अन्तिम स्वीकार ....
अन्तिम स्वीकार ....
sushil sarna
*इश्क़ न हो किसी को*
*इश्क़ न हो किसी को*
सुरेन्द्र शर्मा 'शिव'
बहुत मुश्किल होता हैं, प्रिमिकासे हम एक दोस्त बनकर राहते हैं
बहुत मुश्किल होता हैं, प्रिमिकासे हम एक दोस्त बनकर राहते हैं
Sampada
मेरा लेख
मेरा लेख
Ankita Patel
कर्म कभी माफ नहीं करता
कर्म कभी माफ नहीं करता
नूरफातिमा खातून नूरी
Dictatorship in guise of Democracy ?
Dictatorship in guise of Democracy ?
Shyam Sundar Subramanian
चाँद कुछ इस तरह से पास आया…
चाँद कुछ इस तरह से पास आया…
Anand Kumar
3009.*पूर्णिका*
3009.*पूर्णिका*
Dr.Khedu Bharti
नई शुरावत नई कहानियां बन जाएगी
नई शुरावत नई कहानियां बन जाएगी
पूर्वार्थ
सबके सामने रहती है,
सबके सामने रहती है,
लक्ष्मी सिंह
कम्प्यूटर ज्ञान :- नयी तकनीक- पावर बी आई
कम्प्यूटर ज्ञान :- नयी तकनीक- पावर बी आई
राजीव नामदेव 'राना लिधौरी'
जिंदगी जीने के लिए जिंदा होना जरूरी है।
जिंदगी जीने के लिए जिंदा होना जरूरी है।
Aniruddh Pandey
सब पर सब भारी ✍️
सब पर सब भारी ✍️
तारकेश्‍वर प्रसाद तरुण
■ उल्टी गंगा गौमुख को...!
■ उल्टी गंगा गौमुख को...!
*Author प्रणय प्रभात*
मन मंथन कर ले एकांत पहर में
मन मंथन कर ले एकांत पहर में
Neelam Sharma
*पेड़ (पाँच दोहे)*
*पेड़ (पाँच दोहे)*
Ravi Prakash
मेरी धुन में, तेरी याद,
मेरी धुन में, तेरी याद,
नील पदम् Deepak Kumar Srivastava (दीपक )(Neel Padam)
वो इश्क की गली का
वो इश्क की गली का
साहित्य गौरव
यहाँ तो मात -पिता
यहाँ तो मात -पिता
DrLakshman Jha Parimal
मेरे भईया
मेरे भईया
Dr fauzia Naseem shad
💐अज्ञात के प्रति-148💐
💐अज्ञात के प्रति-148💐
शिवाभिषेक: 'आनन्द'(अभिषेक पाराशर)
सफ़र में लाख़ मुश्किल हो मगर रोया नहीं करते
सफ़र में लाख़ मुश्किल हो मगर रोया नहीं करते
Johnny Ahmed 'क़ैस'
दो पल देख लूं जी भर
दो पल देख लूं जी भर
आर एस आघात
देशभक्ति का राग सुनो
देशभक्ति का राग सुनो
Sandeep Pande
बेरहमी
बेरहमी
Dr. Kishan tandon kranti
युवा है हम
युवा है हम
Pratibha Pandey
Loading...