युवा संवाद
आज दुई जना युवा एफएम रेडियोमा समाचार सुन्दै मर्निङ वाकमा थिए । पछि-पछि म पनि थिएँ । रेडियोमा सरकारी कार्यालयका कर्मचारीले ‘घुस लिएको’ समाचार बज्दै थियो । ‘घुस’ बारेको समाचार सुनेपछि ती युवाबीच चर्को संवाद शुरू भयो – #एउटाले भन्दै थियो, ‘सबै कर्मचारीहरू भ्रष्ट भए (एउटा घटनालाई समान्यीकरण गर्दै) । सेवाग्राहीलाई सेवा प्रदान गर्न सरकारले तिनीहरूलाई तलब दिएकै छ, अनि घुस किन …………? ‘ अर्कोले जबाफ फर्कायो, ‘ ती कर्मचारीले पनि के गरोस् त ? समयमा तलब पाउँदैनन, तलब आएपछि घरसम्म पुग्न नपाउँदै सकिन्छ, महँगाई पनि उस्तै छ ……………….। ‘ यो सुनेपछि अर्कोले भन्यो, ‘ जे भए पनि घुस लिनु त अन्याय हो ।’ यसको प्रतिउत्तर सुन्दा बडो आश्चर्य लाग्यो -‘घुस लिनु अन्य आय हो…. ।’ दुवैजना एकैचोटी गलल्ल हाँसेछन्…। मैले त्यो हाँसोको कारण तत्कालै पत्तो लगाउन सकिन । धेरै बेर घोत्लिएपछि बल्ल थाहा पाएँ, ‘ एउटाले ‘अन्याय’ र अर्कोले ‘अन्य-आय’ पो भनेका रहेछन् । अब म पनि नहाँसी रहन सकिन ..! तर, ती दुई युवाको संवादले एकै पटक धेरै कुरा बोलिरहेको महसुस गर्दैछु । #दिनेश_यादव, #युवा_संवाद