काकाको यक्ष प्रश्न ( #नेपाली_भाषा)
मेरो गाउँको एक जना काकाले भन्दैथ्ये- बाबु ! तिमी पढेलेखेका छौं । एउटा कुरा सोधौं ?’
म : सोध्नुस्, काका ! के कुरा हो ?
काका : जवाफ दिने शर्तमा मात्रै सोध्छु ।
म : (केही गम्भीर मुद्रामा) , सोध्नु न काका जानेको भनौंला ।
काका : (मेरो अनुहार हेर्दै…)
बाबु ! विज्ञानले भन्छ-सुन जल्दैन ।
रामायणले भन्छ-सुनको लंका जलेर राख/खरानी भयो !
यसमा कुन सत्य हो ??
म अक्कमकिँदै, काकाको अनुहार हेर्दै – प्रश्नको उत्तर दिनु भन्दा पनि उनको गम्भीर र गहिरो जिज्ञासाको स्तरप्रति आश्चर्यचकित भएँ । म विज्ञानको विद्यार्थी, वैज्ञानिक तथ्यलाई स्वीकार गरें, त्यही अनुरूप काकालाई उत्तर दिएँ ।
काका जोड्-जोड्ले हाँस्दै मेरो हात समाउँदै सोध्नुभयो-
…फेरी ‘धार्मिक अन्धता’ किन ? गाउँभरी लाउडीस्पीकर लगाएर चर्का-चर्का धर्मका कुरा किन ? धर्मले अरूलाई हानी पुर्याउनु हुन्न भन्छ । म मुटु, सुगर र प्रेसरको रोगी तथा मेन्टली विक्षिप्त भएको दीर्घ रोगी पनि हूँ, चर्को ध्वनीले म झनै सिकिस्त बन्दै गा’छु ……! मेरो आबाज कसले सुन्ने ? शान्त वातावरणमा बाँच्न पाउँने मेरो अधिकारको रक्षा कसरी र कसले गर्ने …..??
काकाले श्रृंखलाबद्ध यस्तै धेरै प्रश्न तेर्साउन थालेपछि बल्ल थाहा भयो, काकाले शुरूमा राख्नु भएको जिज्ञासाको अर्थ ।
“कसैको आस्था र विश्वासविरूद्ध काकाको जिज्ञासा र प्रश्न होइन, प्रश्न उनको शान्तिपूर्ण बाँच्न पाउने अधिकारको हो । त्यो अधिकारको रक्षा हामी सबैले गरौं । कुनै पनि ‘धर्मअन्धता’ त्यागौं, सबैले आफ्नो ऊर्जा सिंगो मानव हित र कल्याणमा खर्चौं ।’ #soundpollution #uncle #questionoftheday #FacebookPage #dineshreel #fact #voice #AmaZing #village #villagelife
#दिनेश_यादव
@राजगढ_०६_फकिरा
२०८०/०८/१६