Sahityapedia
Sign in
Home
Your Posts
QuoteWriter
Account
26 Dec 2023 · 2 min read

#संवाद (#नेपाली_लघुकथा)

मर्निङ वाकमा गफ्फिदै गई रहेका दुई जनामध्ये एउटाले भन्दैथ्ये-
‘आर्थिक मन्दीले धेरै गाह्रो बनाई सक्यो, यार ! निजी कम्पनीमा काम गर्ने म जस्तालाई त झनै सास्ती छ, हौ ….!’

अर्कोले भन्यो: ‘त्यही त भन्या, कसरी जीवन निर्वाह गर्ने ? समयको माग र आवश्यकता अनुसार चल्नै पर्यो । फेरी, आम्दानीको तुलनामा खर्च बढ्या बढ्यै छ । गाह्रो त छ, यार ।’

अर्कोले फेरी थप्यो : ‘….निजी कम्पनीका मालिकले समयमा तलब दिन पनि छाडि सकेका छन् । दिए पनि पुरा तलब दिँदैनन् ।’

अर्काले भन्यो : (केही गम्भीर मुद्रामा), हामी सरकारी तलब खानेहरूको पनि हाल उस्तै छ । तलब आ’को हुँदैन, सापटी, सहयोग र चन्दा माग्नेहरू पहिलेदेखि तम्तयार भई बसेका हुन्छन्..! धेरैलाई सहयोग गरेकै छु, तँलाईं नि गरौंला ..!’

यी संवाद सुनेपछि मलाई ती दुई जनामध्ये एक निजी कम्पनी र अर्को सरकारी जागिरे रै’छन् भन्ने बुझ्न गाह्रो भएन ।
निजी कम्पनीकाले भन्यो, ‘ एक पटक… दुई पटक….तैंले सहयोग गर्छस्, त्यसपछि ? फेरी साफटी लिएको रकम समयमा फिर्ता गर्नै पर्छ । ‘
अर्कोले भन्यो, ‘अं..अंऽ.. ! त्यो त हो ।’
निजी कम्पनीकाले भन्यो, (लाज मान्दै) ‘ साथी ! एक पटक फेरी केही रकम मलाई सहयोग गर हैं । दुई/तीन वटा विहे एटेन्ड गर्नुछ । ‘
अर्कोले भन्यो, ‘भै हाल्छ नि ! तर समयमा फिर्ता गर्नु है । पहिला जस्तो ढिला नगर्नु ल !’

यसरी दुई जना गफ्फिदै गईरहेकै बेला निजी कम्पनीकाले भावुक मुद्रामा भन्यो, ‘- निजी कम्पनीमा काम गर्नेहरूलाई आफ्नै साथीको विहेमा पुग्न अचेल उत्तिकै गाह्रो छ, जति पहिले पहिलेका पुराना चलचित्रमा साक्षी (गवाही) लाई अदालतसम्म पुग्न हुने गर्थ्यो ।’
अर्को साथी उसको अनुहार हेर्दै खिसिक्का हाँस्यो र काँधमा धाप मार्दै भन्यो, ‘तँ पनि के-के कुरा गर्छस् के-के ? भोली मेरो कोठामा आइजँ, आफूलाई चाहिने सापटी रकम लिएर जाँ । लँ अहिले छुट्टौं है ।’

‘हस्, हुन्छ , छुट्टौं ‘

यो गजबको संवाद सकिए संगै दुवै आ-आफ्नो गन्तव्यतिर लागे, म पनि गाखेलको ओरालो बाटो हुँदै शिवनगर झरें !!
#दिनेश_यादव
@काठमाडौं_कलंकी
२०८०/०९/१० #dineshreel #viralpage #viralposts #viralpostfb #viralshorts #shortstory #nepalistory #morning #goodmorning #Dineshyadav

Loading...