Sahityapedia
Sign in
Home
Your Posts
QuoteWriter
Account
17 Feb 2022 · 1 min read

कविता

कविता :पहाड
////////////////
हिजो
पंचहरू
राजा

प्रजाको
बिचमा
पहाड
बनेर
उभिएका
थिए।

राजा

प्रजालाई
मूर्ख बनाएर
हाली मुहाली
गरेका थिए ।

राजाले देख्दैन
देउताले सुन्दैन
भन्ने उखान
चरितार्थ
गरेका थिए।

आज तिनै
हिजोका पंच

थप
केही
नयाँ अनुहार
मिलेर
लोकतन्त्रवादी
भएका छन् ।

लोकतन्त्रलाई
भीरको
चिचिन्डो
बनाएका छन् ।


आफूहरू
प्रजातन्त्र

लोकतन्त्र
बिचको
पहाड
बनेर
उभिएका छन् ।


जनतालाई
ठीक त्यसरीनै
डसीरहेका छन्
जसरी
हिजो
राजालाई
छक्काएर
पंचले
प्रजाको
हुर्मत
लिएका
थिए।

टोक्दा टोक्दा
रगतपसिना
बनाएका थिए।।

अब यी
दृश्य
अदृश्य
पहाड
भत्काउनु पर्छ
सम्माउनु पर्छ

मैदान
बनाउनु पर्छ /////

• देवी पन्थी
२०७८/११/३

Loading...