· Reading time: 1 minute

चारु

विधाता छन्द
iss sis ssi sss iss s
———————
चारु
तुसारोको चिसोमा आज तिम्रो याद आयो झन्
चिसो हावा चलेकोले पुरै काया कमायो झन् ।

हिमाली भेगकी छोरी म जाडोले छु कामेकी
चिसो पानी र तिम्रो यादले होस् नै उडायो झन् ।

मकैको बोटमा ओझेल पर्दै यो चिठी लेखें
हुलाकीले चिठी यो दिन्न झैं लाग्यो डरायो झन्।

नराम्रो काम गर्नेले दिनै सम्मान थापेको
इमानी जो छ कारागार उल्टै पो पठायो झन् ।

दिदी वैनी कतै लाग्यो कि बाटोमा शराबीले
नराम्रो शब्द बोली लाजमर्दो नै बनायो झन् ।
• देवी पन्थी
————

47 Views
Like
Author

Enjoy all the features of Sahityapedia on the latest Android app.

Install App
You may also like:
Loading...