· Reading time: 10 minutes

चारु,राग,,विराग

अभ्यास- ६१६, चारु / राग / विराग अभ्यास

प्रशिक्षक :- चारु प्रवर्तक डा. देवी पन्थीज्यू
समायोजक : स्पन्दन विनोद

गजल जस्तै देखिने तर गजस सिद्धान्तमा नरहेको रचना चारु अन्तर्गत चारु/ राग/ विराग प्रशिक्षणका प्रशिक्षक अग्रज चारु प्रवर्तक डा. देवी पन्थीज्यू र अभ्यासमा सहभागी सम्पूर्णमा हार्दिक धन्यवाद !

सोमबारका चारु/ काग / विरागहरू:

विराग
एउटा पक्षपातीलाई सपनामा मरेको देखें
छिमेकीले पनि नजरअन्दाज गरेको देखें।

पापीले साहित्यमा पनि पार्टी खोलेको रहेछ
गिदीमा उसको अन्याय र पीप भरेको देखें ।

जूनको उज्यालोमा मैन बाल्नुको के अर्थ
अध्यारा मनहरूलाई अप्ठ्यारो परेको देखें।

जहाँका जनप्रतिनिधि भेडा चुनिएका थिए
त्यस्ता देशका रुखबाट पात झरेको देखें।

हेर्दाहेर्दै बाँदरले मकै खाइसकेका छन्
रुँगाला गरीबहरूअरबपती भएको देखें।
• देवी पन्थी

राग!!
कलानिधि दाहाल

अमूल्य जिन्दगी यो छ नफालूँ मनका पल
आलस्य बाहना झिक्दै नटालूँ मनका पल!

छ सौन्दर्यको चकाचौध संसार देखिने यता
निराशा मनमा ल्याई नगालूँ मनका पल!

सफा दिल उता छोए बोल्छन् पत्थरमा कला
दिमाखमा भरी थोत्रा नपालूँ मनका पल!

माथि किरणका चश्मा सज्दछन् दिलमा सधैँ
नहेरी तिनका रूप नबालूँ मनका पल!

पौठाजोरी यता खेल्नै पर्छ जिन्दगीका मुनि
स्रष्टा सरापी बिग्रेको नचालूँ मनका पल!

राग
यिनै पाखा खर्कमा वस्तुभाउ चराउनुको मजा बेग्लै
डिंगा पस्दा बालीमा बाली धनी कराउनुको मजा बेग्लै

वल्लो पल्लो तल्लो सबै गाउँलेहरूको चरन एउटै
उपल्लो गाउँको बिर्खेले मन पराउनुको मजा बेग्लै

हिज आजका नानी बाबुलाई जस्तो स्वतन्त्र कहाँ थियो र
लुकेर लेखिन्थो चिट्ठी आफन्तसं,ग डराउनुको मजा बेग्लै

त्यो जमनाको मान्छे हो म त आफ्नो मायालु लुकाउन पर्थ्यो
आफन्तले थाहा पाउँदा आवाज लर्बराउनुको मजा बेग्लै

रमाइलो सँग हाँस्दै खेल्दै बिते वालापनका दिनहरू
विगत सम्झेर एक्लै कल्पनामा हराउनुको मजा बेग्लै
दुर्गा थापा मगर

राग/विराग

साहित्यमा पलपल रमाएर बसेकाे छु
भावनाका ढाेका खाेल्न सधैं भित्र पसेकाे छु

मनाेगत जहाजमा चढ्द‌ै घुम्छु माथि अाफैँ
अाकाशका तारापुञ्ज छुँदै तल खसेकाे छु

सपनामा सत्ता भित्र माेज मस्ती गर्दा गर्दै
जनताका अाकाङ्क्षामा सर्प बन्दै डसेकाे छु

भ्रष्टाचार गर्ने इच्छा सपनामा जाग्छ अनि
ढुकुटीकाे साँचाे खाेल्न मैले घुँडा घसेकाे छु

लेखापरीक्षण गर्न सजिलाेकाे लागि मैले
कानुनका दफालाई दह्राे पाता कसेकाे छु

ताेयानाथ सुवेदी
२०७८/०९/०५

💐 विराग 💐
साहित्यमा रहरले हुँदैन
खेती गर्न बगरले हुँदैन ।

भावना उमार्न सकियोस्
चाप्लुसीको कदरले हुँदैन ।

आत्माबाट उम्रियोस् भाव
अरूको डर र करले हुँदैन ।

कुनै भिर्छन् नेताका झोला
भाषण सुन्ने खबरले हुँदैन ।

नेताको शान अर्कै हुन्छ
हाम्रो जस्तो घरले हुँदैन ।।
— मेघनाथ ‘बन्धु’
धनगढी ।

राग/विराग
टुटेपछि प्रीत खुसी हुनसकिदैन
वेदनाको गाँठो कडा फुनसकिदैन।

धोकादिइ निष्ठुरीले फसाएर भनी
मर्द-छोरो आँखाछोपी रुनसकिदैन।

भाग्य रुखो भएपछि गुम्छ खुसी अनि
रिझाउन मान्छे दिई खुन सकिदैन।

जतिसुकै बलिदान साथ पुजे पनि
लगाउन बैगुनीमा गुन सकिदैन।

फूलजस्ती नारी पनि रणचण्डी बनी
रिसाएर आगोहुँदा छुनसकिदैन।
-रामशरण न्यौपाने,भक्तपुर

विराग
छन्द: झ्याउरे
संरचना : ४+४+४+२
काफिया: एँ (एकाक्षरी)
रदिफ: मैले

भिजाएर सिरानी नै रात काटेँ मैले
कसाईको तराजुमा मुटु जोखेँ मैले

मेरो हाल देखी खुब मेघ गर्जेपछि
खुदै सुल बनी आफ्नो वाक्य रोकेँ मैले

सम्झनाका तरेलीमा साँझ रोइरह्यो
पल्टिएर बिछ्यौनामा राम सम्झेँ मैले

पर्दा हाली पिरतीको धोका धेरै दियौ
बन्दी आफ्नै मुटुमा नै छुरी रोपेँ मैले

आपट्टेको भीरबाट खस्दा सपनीमा
अत्तालिँदै एकान्तमा प्यार खोजेँ मैले
-जानुका गुरागाईँ, झापा

राग
—छत्रपति दाहाल

मेरी बधू ! पुत्रवती कहाँ छ्यौ
अखण्डसौभाग्यवती कहाँ छ्यौ ?

छ शून्य हाम्रो घर भैरहेछ
आनन्द–सद्रूपवती कहाँ छ्यौ ?

आऊ छिटो माइतबाट नानी
सधैं उज्याली युवती कहाँ छ्यौ ?

कपालमा सुँघ्छु म थाप आऊ
आशीषकी भाग्यवती कहाँ छ्यौ ?

विराग

जहाँ पनि बोलवालाकै चलखेल हुन्छ
दोषीको उन्मुक्ति निर्दोषलाई जेल हुन्छ

गाह्रो छ बाँच्न यहाँ इमानदार बनेर
छैन् निष्पक्षता हर ठाउँ जालझेल हुन्छ

बास बस्छ सुख सधैं धनीको महलमा
गरीबकोमा जहिल्यै आँसुको भेल हुन्छ

छ अस्वस्थ प्रतिस्पर्धा जहाँतही हजुर
पहुँचवालाकै बिचमा ठेलाठेल हुन्छ

वसन्त अनुभव
घोराही, दाङ

चारू- राग
——–

खुशी छौ तिमी अनि म खुशी छु
तिमी भएरै त हो सुखी छु

सौभाग्य मेरो तिमी साथ बन्नु
कुनै छैन अभाव न म दुखी छु

विश्वास लाग्छ बिचार राम्रो
प्रशन्न छ चित्त अभिमुखी छु

दियो चोट कैयौँ पनि जिन्दगीले
देख्दिन आघात न म रुखी छु

सदा सादगी सन्तको झैँ स्वभाव
तिमी शान्त सौम्य म नि सुमुखी छु ।

पुष्पाशायरा । बिराटनगर ।

राग १८ अक्षर( महेश मार्सेली)
तिमी यति प्यारी छ्यौ आँखामा बसाउन मन लाग्छ
दुल्हैझैँ सिङ्गारेर डोलीमा चढाउन मन लाग्छ।

तिमी यति दामी छ्यौ तिम्रो छेउ आइरहन पाउँ
आफैले श्रीङ्गार गरि अब सजाउन मन लाग्छ।

तिमीमा यति दया छ कि! रित्तिदै पनि लुटाउँ छ्यौ
त्यसैले जीवन साथी तिमी बनाउन मन लाग्छ।

तिमी यति विद्वान छ्यौ कि! मूर्खलाई तह लागायौ
अनि जति रिसाए नि! सधैँ फकाउन मन लाग्छ।

तिमी यति सुशील छ्यौ कि! बयान गरि म थाक्दिन
तिमी सम्झी सम्झी जूनीभर रमाउन मन लाग्छ।

विराग
देश हाक्ने ठुला नेता गर्दछौं हामी भन्दछन्
तर ती काम लाग्दैनन् नष्ट भ्रष्ट र मन्दछन्

बेला चुनावको हुन्छ हात जोडेर आउने
पछि फर्केर आउन्न जनता किन गन्दछन्

यस्तै हो तिनको चाला सारा हाल बेहाल छ
सधैंको झगडा मात्रै सारा उद्योग बन्द छन्

चिल्ला गाडी सफा बाटो आफू दैनिक सानले
हिडेका छन् मजा मानी जनता मार्ग खन्दछन्

सत्तामा जब ती पुग्छन् आफन्त जे भएजति
साला साली तथा दाजु भिनाजु अनि नन्द छन् ।
मुक्ति पोखरेल
सुनसरी

@@@ राग @@@
28-08-078@

मरेको प्रेमलाई पटुकी कसेर मुटुमा जगाउन सक्छौ भने।
बिगतका कुरा बिर्सेर मनमा प्रेमको मेहदी
लगाउन सक्छौ भने।।

मात्र भन्न सकिन्छ त्यहाँ प्रेमिल भावको मन लुकेको छ भनेर।
प्रेम त्यहीँ हो हटेका तस्विरलाई मुटुमा टंगाउन सक्छौ भने।

यदि धोका दिएर कसैले कसै संग प्रेम गर्ने नाटक गरेमा।
धोका दिनेलाई तिमी त्यहाँ मीठो बचनले नंगाउन सक्छौ भने।।

प्रेम आफै जाग्छ कसैले जगाएर जाग्दैन र यो साचेर साचिन्न।
प्रेम बढ्छ त्यहाँ प्रेमिल मुटुलाई प्रेमले रंगाउन सक्छौ भने।

आजकाल प्रेमको महत्त्व घटेर हो या बढेर बुझ्न सकिँदैन।
प्रेम त्यो हो दुई मुटुको माझ प्रेमको धारा बगाउन सक्छौ भने।

सुन्दर प्रसाद तिजाल
जि मोरङ्ग अं कोसी प्र नं 1
बिराटनगर 5

विराग
धेरै पाएँ लाग्थ्यो जिन्दगीमा तर रित्तो रहेछ
हाँसोखुशी भन्दा बढी यहाँ गुनासो रहेछ

बाढीपैह्रो महामारी व्यथाभित्र जनता छन्
नेतालाई देशभन्दा कुर्सी चटारो रहेछ

भुलेर जन्मभूमि रमेका छन् विदेशमा
तर देख्छु आफ्नै घरखेत बाँझो रहेछ

भुल्ने छुइन कहिल्यै भन्थ्यौ लाएपछि माया
देउरालीमा खाएको कसम झुटो रहेछ

तिम्रै सम्झनामा बाँच्दैछु यो ।जिन्दगानी
मीठो याद जूनजस्तै बल्ने दियालो रहेछ

पुष्पा नेपाल(सुवेदी )
इलाम

/विराग/
आमालाई सन्ततिले घाेचपेच गर्ने पहर छ
आफ्नै घरमा अन्तिम यात्रा कष्टकर जहर छ

चिसाे रातमा पनि नाङ्गै सुतेका छन् गरिबहरू
दीनकाे दुष्ट समय, दास बनाउने सहर छ

चाहेकाे कुरा प्राप्त हुन्थ्यो, भाग्यमानी मै छु झैँ लाग्थ्यो
पाएकाे चिज गुमाएँ, टुट्नु पर्ने यहाँ कहर छ

घर लिप्ने माटाेले मनकाे घाउ पुर्न मिलाेस् यहाँ
उसले दिएकाे घातकाे चाेट पाेत्ने रहर छ

मेरा जीवनका अनगिन्ती खजाना फुकाउँछु है
लाग्छ तिम्रो जीवनमा सुनाैलाे फल्ने कटहर छ

✍️श्रद्धा आचार्य , पोखरा

राग विराग अभ्यास
~~~~~~~~~~~~~~~~~~
मान्छे देख्दा पैसाको पछि लागेर जीवन भत्काउनेहरू
आफ्नो स्वर्ग जस्तो घरपरिवारमा आगो लगाउनेहरू

हिजो परमसुन्दरी हौ तिमी भन्दै पछि लागेका तिनै
दोष देखेर उ बेला छोडेकालाई पुनः समाउनेहरू

साह्रै बुद्धिमान छौ भन्दै सारा काम छोडेर रमाएका मान्छे
बुद्धिहीन सम्झेर त्यागेकीमै दया पलाउनेहरू

पर्दाले घीन छोपेर लुक्छ भन्ने सोच भएका हुन्छन् समाजमा
पालकी चढेर ढोका सम्म पुगेकी लक्ष्मी धपाउनेहरू

जिउँदै छन् व्यभिचारी, अत्याचारी, मान्छे भन्दा जनावर आज
अलप भएछन् अब खडेरीमा पनि मूल फुटाउनेहरू।
पौडेल विमुन्स

चारु
अनायासै उस्को तस्बिर केर्न मन लाग्यो
त्यै तस्बिरलाई मायाले घेर्न मन लाग्यो

धेरै भएछ प्रोफाइलमा पुरानै फोटो
उस्कै लागि नयाँ खिचेर फेर्न मन लाग्यो

उस्तै छ कि बदलियो होला त्यो मुहार
सुटुक्क चिहाएर तेतै हेर्न मन लाग्यो

सम्हाली राखेको थिएँ प्रेमको उपहार
हेरर अाज अंगालोमा बेर्न मन लाग्याे

अाँखा चिम्ली विश्वास गर्दा घात हुँदाे रैछ
अाफ्नै कम्जोरी सम्झि घाँटी सेर्न मन लाग्याे
सावित्री अधिकारी

चारु
त्यो माया हो जसले तृप्त पार्न सकोस्
झर्ना बनी प्यास जब मार्न सकोस् ।

त्यो हो त्याग माया ब्याक्तित्व झल्काउँने
जसले अरुको जितमा हार्न सकोस् ।

विशिष्ट बनेर चाखिलो पिरतीमा
पौडिएर दुइ मन सार्न सकोस् ।

हाम्रो माया गहकिलो रसिलो होस्
माया शक्तिले दशा पछार्न सकोस् ।

सादा जीवान उच्च बिचार सालिन
हुनु ज्ञानले अहम् झार्न सकोस् ।

अमृता रसाइली रामदाम
चितवन् भरतपुर २

विराग

जिन्दगीका सारा दु:खद पल हराएर जाऊन्
मानिस मानिस बिचका छल हराएर जाऊन्

धनले बिस्तारा किन्दा नि निद्रा पाइन्न होला
निर्दयी पाउने आसका तल हराएर जाऊन्

हतियारले मात्र कसैलाई चोट लाग्दैन होला
व्यवहारले मनमा लाग्ने भल हराएर जाऊन्

यस्तै छ जिन्दगी रोए आँखा नरोए मन दुख्ने
दु:खले भिजेका आँखाका जल हराएर जाऊन्

कुराका कोसेली बोकी आउने आफन्तहरूका
आफ्नै पछार्ने खेलाडीको गल हराएर जाऊन्

अम्बिका खरेल उप्रेती
विराटनगर -१२

राग

क्षितिज पारी मुलुकमा के छ तिम्रो हाल प्रिय ।
ज्वारभाटा झैँ उर्लेकाछन् मन भित्र छाल प्रिय।

साह्रै मन दुख्दो रहेछ बाबा भन्दै छोरो रुँदा,
रुँदा रुँदै हुन पुग्यो आँसुहरुको ताल प्रिय।

साह्रै सुन्दर हुँदा रहेछन् त्यो देशका युवती
फसाउनलाई फ्याँक्छन् रे नजरको जाल प्रिय।

पोहोरदेखि आउँछु भन्छौ फर्की तिमी आएनौ
पौडी खेलेर समुन्द्रमा बिर्सियौ कि ताल प्रिय।

मेरो मनको भगवानलाई यही एउटा बिन्ती
भेट्नु अघि न आओस माथि लैजाने काल प्रिय।

शोभाराम ओली – रोल्पा

राग/ विराग

सहयोगको के अर्थ रह्यो जहाँ कुनै गुन हुँदैन
रातमा जे पनि हुन सक्छ जहाँ साक्षी जून हुँदैन

मायामा पहिरो गएपछि बिरसिलो भयो जीवन
जस्तो कि मन परेको तरकारीमा नुन हुँदैन

तिमीलाई लोभ्याउन देखाए होलान् चम्किने वस्तु
ख्याल गर्नु प्रिय चम्किने सबै वस्तु सुन हुँदैन

शब्दमात्र थुपारेर कविता र गीत कहाँ हुन्छन्
जीवन पाउन सक्दैनन् जब सम्म धुन हुँदैन

आफ्नो भनेको आफ्नै हो संकट पर्दा उनै चाहिने
सगोत्रीको जस्तो ठ्याक्कै मिल्ने अर्काको खुन हुँदैन

यज्ञलाल सुवेदी
बुटवल रूपन्देही
अभ्यास :नेपाली साहित्यकार विश्व संजाल

विराग
बारीखेत बाँझै छन् उजाड छन् पाखा पखेरा आजभोलि
शुन्य छन् गाउँबेशी हिन्ने गोरेटा छन् अफ्ठेरा आजभोलि

भुलभुल गर्दै निस्किने पानीको मुहान भेटिदैन कतैपनी
लोप भए ढुङ्गेधारा हराउँदै गए ती पानी पधेँरा आजभोलि

फाँडिए घनाजंगल पशुपंक्षीको अस्तित्व मेटिदैगएको छ
देखिदैनन् पशुका हुल कराउँदैनन् चरा बचेरा आजभोलि

शहरको भिडमा रुमल्लिएको छ मान्छे उता घर रित्तो छ
फराकिलो आगनभन्दा प्यारो भएको छ डेरा आजभोलि

आलु चिप्स भएर आयो मकैका फूल पप्कन बनेर आए
चिनिन्न डालो नाङ्ग्लो चिनिन्न हाँडी कप्टेरा आजभोलि
रमा खतिवडा
नयाँबजार पोखरा!

रागबिराग:१५ अक्षर
~~~~~
गाम बेँसी विचरण गरौँ दूध धारा छन्
स्वच्छ प्रेमरुपी प्रेमका दयालु पारा छन् ।

प्रेम छ सीमित जातरुपी सङ्कुचनमा
त्यसैले त समाजमा प्रेममा तगारा छन् ।

बाक्लो बस्ती भएर के नै गर्नु सहरमा
मानव ह्रदय अनि मनहरु कमारा छन् ।

नेपाल यसै सुन्दर कहाँ भएको हो र ?
यहाँ प्रकृतिमा फेवा, सेफोक्सुण्डो,रारा छन् ।

सूर्यले दिनमा उज्यालो छरे पनि हेर
रातमा उज्यालो छर्ने त चम्किला तारा छन्।

तेजप्रसाद खनाल
दाङ।

राग विराग
अचानो ताक्ने हतियार कति छ कति छ
चोट नसोध मलाई प्रहार कति छ कति छ

जति नजिक बन्छु उति तिमी टाढा हुने
तिम्रा शंका गर्ने आधार कति छ कति छ

नारी सुरक्षित छौँ हामी कसरी भनौ घरमा
हत्या हिंसाका समाचार कति छ कति छ

तिमी मायाका कुरा गरेर बसन त भन्छौं
तर काम सक्न पो हतार कति छ कति छ

अंश खाने दाजु भाइमा भागबण्डा गर्दा
सम्पत्ति माथी मारामार कति छ कति छ

तारा घिमिरे सङ्खुवा सभा

विराग

देख्छ्यौ मलाई धूर्त अरूलाई सज्जन र पो चित्त दुख्छ ।
सधैँ गर्छ्यौ हेंला ठान्छ्यौ दुश्मन र पो चित्त दुख्छ ।।

तिम्रो भर पर्दापर्दै यो जिन्दगी जाने भयो खै के गरौं गरौं।
मुखले ठिक्क पार्छ्यौ अन्तै दिन्छ्यौ तनमन र पो चित्त दुख्छ।।

पहरा भए त पक्कै रसाउँथ्यो पत्थर रहेछ तिम्रो मन।
तिमी कहिल्यै सुन्दै सुन्दिनौ मेरो क्रन्दन र पो चित्त दुख्छ।।

कति ढाट्यौ कति छल्यौ थाङ्नामा सुताएरै छोड्यौ मलाई।
मेरो आँखा छल्दै गर्छ्यौ लपनछपन र पो चित्त दुख्छ ।।

भो अब बचनका तिखा वाणले घोच्छ छोडी देऊ मलाई।
गर्छ्यौ सधैँ मेरै कुरा खण्डनमण्डन र पो चित्त दुख्छ ।।

वासुदेव ठकुरी

विराग
====
जीवन बाँच्न हाँसेर डुल्नु छ
विगतका दु:ख सबै भुल्नु छ

बगोस् उसको याद आँखाबाटै
वर्षा पछिको नभझैँ खुल्नु छ

आस्था झरेको मनको हाँगामा
हराभरा वसन्त भै झुल्नु छ

क्रूर बनेर पछार्‍यो जसले
त्यही समयसँग नै घुल्नु छ

चसक्क कोप्ने काँडा रैछस् पीडा
मलाई तेरै बीचमा फुल्नु छ

गङ्गा आचार्य सापकोटा ,बागलुङ

विराग
चुक नै मिठो लाग्छ लालची तेल भन्दा
जहर नै मिठो लाग्छ स्वादिलो सेल भन्दा।

भो पुग्यो चाहिँदैन तिम्रो साथ मलाई अब
एकान्त नै प्यारो लाग्छ निष्ठुर जेल भन्दा।

सँगसँगै जिउँला जिन्दगानी भन्ने लाग्थ्यौ
तर छुट्टिनु नै सही लाग्यो तिम्रो खेल भन्दा।

आखिर तिमी त माहिर रहेछौ दिल तोड्न
त्यसैले त जहर नै प्यारो लाग्छ नेल भन्दा।

सपना थिए अमेकन तर चकमाचुर भए
नपुगेकै ठीक, तिम्रा कलुषित झेल भन्दा

बालकुमारी घिमिरे

चारु, राग
किन तिमी आज फेरि लजाएर आयाै
एक्लै हैन बाजा पनि बजाएर आयाै

जिन्दगीको यात्रा लामो तिम्रो मेरो भन्दै
फुल माला वरिपरि सजाएर आयाै

प्रतिक्षामा बसीरहे अबेरसम्ममा
टन्न पीऊदै बाहिरै अघाँएर आयाै

जीवन र मरणको बाचा भयो घात
हल्ला सुन्छु कतै अर्को भगाएर आयाै

भन्नमा त मुखले सधैं ठिकठाक छ
दिलभित्र अर्को माया जलाएर आयाै
विष्णु न्याैपाने

राग

सानी नानी कलम समाई कापी भर्न खुसी मान्छिन्
आमासँगै रमाई रमाई काम गर्न खुसी मान्छिन्

भाँडाकुटी जम्मा पारी खेल्न थाल्छिन् खलबलाउँदै
हजुरबाको आँखा छली बिस्कुन छर्न खुसी मान्छिन्

भित्र बाहिर तल माथि हजुरमाको बुई चढी
लै बरिलै लै गीत गाउँदै बेँसी झर्न खुसी मान्छिन्

सानी नानी कान थापेर कोइली गाना सुनी नाच्छिन्
हजुरबाको हात समाई खोला तर्न खुसी मान्छिन्

शान्ति सिग्देल

साहित्यिक विधा राग विराग
नेता !
दुनियाँ सङ्ग सम्मान पाएर बाँच्यो
आखिरी दोष निर्दोष धाएर बाँच्यो

चुनावी खेल खेल्नेछ जनता माथि
जेलको बास देखाई आएर बाच्यो

सत्तामा मन्त्री जहिले बनेछ नेता
देखायो रूप पाखण्डी छाएर बाँच्यो

देखिन्न शान्ति समृद्धि अभाव सबै
मुलुक डुब्यो ढीकुटी खाएर बाँच्यो

मोहन आचार्य जलद
लन्डन बेलायत

राग / विराग
मुखले चिप्लो पसारेर पछाडि छूरा हानिए पछि
सत्य सारा मारिन्छन् जहॅा षडेन्त्रमा बानिए पछि

विश्वासमा पहिरो चल्छ अधर्म निकै बढ्दै गए
आफ्नो कहॅा हुन्छ र मान्छे संकटमा खुट्टा तानिए पछि

सेवा गर्नुको के अर्थ हुन्छ ?अवमूल्यन ठानिए पछि
सौगात लिनुको के अर्थ आत्मा रूवाई जानिए पछि

मनमा कालो हुनेहरूलाई जति सम्झाए पनि के गर्नु
मान्छे मात्र मुढो देख्नु मानवता विमिठ्यानै मानिए पछि
नमस्कार
गीता बजगाईॅ अधिकारी

राग
कुवाँको भ्यागुतो नबनाऊ मलाई
ब्युझाएर प्रेम नजलाऊ मलाई

म चाहन्थेँ नदीलेझैँ समुद्र भेट्न
पहाडको थुम्की नबनाऊ मलाई

मिठो स्वर झिक्दै मैले गीत गाउँदा
झर्किएर टाढा नभगाऊ मलाई

फूलैफूलको बागमा तिमीलाई डाक्दा
तीखो वचनले नचलाऊ मलाई

चर्किएको छ वेदनाले छाती मेरो
चोट थप्दै मृत्युमा नपुगाऊ मलाई

सिर्जना खनाल

राग
छन्द – चन्द्रिका
ननततगुरु – III III SSI SSI S

समय अब नयाँ देशमा आस छ
वरपर सपना केन्द्रमा बास छ – १

तलतल जनका भोक ती देखिए
सुझबुझ गर ती देह हुन् सास छ – २

असफल फल थ्यो राष्ट्र नै भाँचियो
विगत दिनसँगै क्षुद्र आभास छ – ३

हृदयहृदयमा सत्यको जीत छन्
अलमल गरिए कर्मको नास छ -४

नवनव क्षमता हुन् युवा सारथि
मुलुक सफलता जोश त्यो खास छ -५

======== नदी भट्टराई==========
सूर्योदय नगरपालिका – हाल काठमाण्डौ , काँडाघार

38 Views
Like
Author

Enjoy all the features of Sahityapedia on the latest Android app.

Install App
You may also like:
Loading...