· Reading time: 1 minute

शिर्षक :- के म नेपाली हैन ?

शिर्षक :- के म नेपाली हैन ?

मलाई आउँदैन “सयौं थुंगा” कसरी गाइन्छ ?
तर,
“जय सीताराम,सीताराम,सीताराम जय सीताराम,
हरेक साँझ र बिहान गाउने गरेको छु ।
के म नेपाली हैन ?

अहँ मलाई थाहा छैन ।
“ढाका-टोपी अनि दाउरा सुरुवाल”
कस्तो हुन्छ ?
तर बाबाको च्यातेको “धोती” लगाएर
पुष र माघको जाडोमा खेत खन्ने गरेको छु ।
के म नेपाली हैन ?

मैले हेरेको छैन काठमाडौ कस्तो हुन्छ ?
तर हरेक साँझ र बिहान भारतको सिमामा
देसको सिमा सुरक्षा गर्ने गरेको छु ।
के म नेपाली हैन ?

मलाई थाहा छैन ।
नागरिकता कस्तो हुन्छ ?
तर कयौं पुस्ता बोर्डर छेउको
त्यो “महाजन”मा चाकरी गर्दै बिताए ।
आज दुख लाग्छ ।
जब आफूलाई नेपाली साबित गर्न
गोजीमा नागरिकता भन्ने त्यो सानो कागजको टुक्रा
अनि हातमा नेपाली झण्डा लिएर हिंड्नुपर्छ ।
के साच्चै म नेपाली हैन ?

आज ” धोती र भैया” सुनेर जति दुख लाग्छ नि ।
त्यो भन्दा कयौं गुणा बढी खुसी लाग्छ ।
जब छिमेकी देसको दाजुले हेपेरै नेपाली भन्छ ।
दाजु !
भन्नुस् न,
मैले नेपाली हुन के-के गर्नुपर्छ ?

(4 December 2021)
रचना :- मोहन महतो कोईरी

2 Likes · 1 Comment · 60 Views
Like

Enjoy all the features of Sahityapedia on the latest Android app.

Install App
You may also like:
Loading...