Sahityapedia
Login Create Account
Home
Search
Dashboard
Notifications
Settings
30 Dec 2022 · 2 min read

प्याकको ह्याङ्गओभर

फकिरा गाउँका रसुल चाचाका छोरा साउदीमा छन् । उताबाट छोराले कहिलेकाँही बुवालाई फोन गर्दा रहेछन् । चाचाले आफत् परेका बेला यतैबाट पनि प्याक लिएर फोन गर्दा रहेछन् । धेरै पटक संवाद गर्दा गर्दै उनको ब्यालेन्स सकिदो रहेछ । त्यसपछि मोबाईलमा पटक-पटक बज्ने ‘भ्वाईस म्यासेज’ ले उनी तनावमा पुग्ने गरेको अनुभव सुनाए ।
जाडोको मौसममा एक दिन म घुर तापी रहेको थिएँ । रसुल चाचा म बसेको घुर नजिकैबाट कत्तै जाँदै थिए । मलाई हेरेपछि रोकिए । खल्तीबाट मोबाईल निकाल्दै भने, ‘बौआ, तुँ पढललिखल छह,काठमाण्डुलमे रहै छह, देखह ने हमर ई मोबाईल खराब भँ गेलै जेना बुझाईछ ‘(बावु तिमी पढेलेखेका छौं, काठमाडौंमा बस्छौं, हेर न मेरो मोबाईल बिग्रे जस्तो पो छ …!)
मैलै सोधें, ‘मोबाईलमा के भयो चाचा ?’
रसुल चाचाले भने, ‘मैले जीवनमा रक्सी देखेको पनि छैन, झन छुने कुरा त असम्भव नै हो ।’
चाचाले मोबाईल देखाउँदै रक्सीको कुरो गरि रहँदा म आश्चर्यचकित थिएँ । मैले चाचाले ‘के भन्न खोजेको’ भनेर कुनै मेसो पाउँन सकिरहेको थिइन । किनभने मोबाईल र रक्सीका कुरा बेमेल जो थियो ।
म चाचालाई हेर्दै सोधें,’मैले तपाईको कुरै बुझिन, के भन्न खोज्नु भएको हो ?’
चाचाले मेरो हातमा रहेको मोबाईल तानेर कसैलाई फोन गर्न थालेछन् । उक्त मोबाईलमा आएको ‘भ्वाईस म्यासेज’ मलाई सुनाउन लाग्नु भयो । ‘म्यासेज’मा भन्दै थियो, ‘तपाईको ‘प्याक’ सकिसकेको छ ….।’
मैले भने,’चाचा!तपाईले लिएको प्याक सकिएछ, पुनः रिचार्ज गर्नुस्, मोवाईल ठीकै छ ।’
त्यसपछि चाचाले दिएको जबाफबाट म भूँडी मिच्ची-मिच्ची हाँस्न थालेँ !
चाचाको जवाफ थियो, ‘ रक्सी सेवन नगर्नेलाई पनि ‘प्याक’ सकियो भन्छन् त ?’…
मैले मोबाईल र रक्सीबारे चाचाका कुरा बुझिसकेको थिएँ ।
चाचालाई प्रतिप्रश्न गरें,’रक्सीको प्याकबारे कसरी तपाईले थाहा पाउँनु भयो ?’
चाचा बतिसी देखाउँदै भने,’चुनावमा गाउँका केटाहरूले प्याकका कुरा खुबै गर्थे । एउटालाई यसबारे सोधेको थिएँ-यो प्याक के हो ? तिनले भनेका थिए- रक्सीको प्याक …! मैले त्यसपछि रक्सीको प्याक हुन्छ भन्ने ठानें, मोबाईलमा पनि प्याक कै कुरो आयो, त्यसैले….!
गाउँमा चुनावका बेला रक्सी बाँड्ने कुसंस्कृतिले एक जना सर्वसाधारणलाई कतिसम्म आजित बनाउँदो रहेछ ? गाम-गाममा निरक्षर चाचाहरूलाई समेत ‘प्याक’ को जानकारी भै सकेको रहेछ । त्यसैले त रसुल चाचा जस्ता गाउँका सोझासाझा र सज्जनलाई समेत ‘प्याकको ह्याङ्गओभर’ ले छोडेन छ !
#दिनेश_यादव

Language: Nepali
Tag: कथा
2 Likes · 328 Views
📢 Stay Updated with Sahityapedia!
Join our official announcements group on WhatsApp to receive all the major updates from Sahityapedia directly on your phone.
You may also like:
खुदीराम बोस की शहादत का अपमान
खुदीराम बोस की शहादत का अपमान
कवि रमेशराज
अंतिम युग कलियुग मानो, इसमें अँधकार चरम पर होगा।
अंतिम युग कलियुग मानो, इसमें अँधकार चरम पर होगा।
आर.एस. 'प्रीतम'
देश के नौजवान
देश के नौजवान
Shekhar Chandra Mitra
अधूरा इश्क़
अधूरा इश्क़
Shyam Pandey
आँखें उदास हैं - बस समय के पूर्णाअस्त की राह ही देखतीं हैं
आँखें उदास हैं - बस समय के पूर्णाअस्त की राह ही देखतीं हैं
Atul "Krishn"
चांद चेहरा मुझे क़ुबूल नहीं - संदीप ठाकुर
चांद चेहरा मुझे क़ुबूल नहीं - संदीप ठाकुर
Sundeep Thakur
मेरी हस्ती
मेरी हस्ती
Shyam Sundar Subramanian
''आशा' के मुक्तक
''आशा' के मुक्तक"
Dr. Asha Kumar Rastogi M.D.(Medicine),DTCD
#सामयिक_आलेख
#सामयिक_आलेख
*Author प्रणय प्रभात*
"सन्तुलन"
Dr. Kishan tandon kranti
मनुष्य को
मनुष्य को
ओंकार मिश्र
यहा हर इंसान दो चहरे लिए होता है,
यहा हर इंसान दो चहरे लिए होता है,
Happy sunshine Soni
Just like a lonely star, I am staying here visible but far.
Just like a lonely star, I am staying here visible but far.
Manisha Manjari
करपात्री जी का श्राप...
करपात्री जी का श्राप...
मनोज कर्ण
समाज को जगाने का काम करते रहो,
समाज को जगाने का काम करते रहो,
नेताम आर सी
*सुनकर खबर आँखों से आँसू बह रहे*
*सुनकर खबर आँखों से आँसू बह रहे*
सुखविंद्र सिंह मनसीरत
ताक पर रखकर अंतर की व्यथाएँ,
ताक पर रखकर अंतर की व्यथाएँ,
सत्यम प्रकाश 'ऋतुपर्ण'
तुम ही तुम हो
तुम ही तुम हो
मानक लाल मनु
किस-किस को समझाओगे
किस-किस को समझाओगे
शिव प्रताप लोधी
* मधुमास *
* मधुमास *
surenderpal vaidya
बंदूक के ट्रिगर पर नियंत्रण रखने से पहले अपने मस्तिष्क पर नि
बंदूक के ट्रिगर पर नियंत्रण रखने से पहले अपने मस्तिष्क पर नि
Rj Anand Prajapati
हम सुधरेंगे तो जग सुधरेगा
हम सुधरेंगे तो जग सुधरेगा
Sanjay ' शून्य'
💐प्रेम कौतुक-396💐
💐प्रेम कौतुक-396💐
शिवाभिषेक: 'आनन्द'(अभिषेक पाराशर)
हमने ख़ामोशियों को
हमने ख़ामोशियों को
Dr fauzia Naseem shad
रोज आते कन्हैया_ मेरे ख्वाब मैं
रोज आते कन्हैया_ मेरे ख्वाब मैं
कृष्णकांत गुर्जर
अकेले
अकेले
Dr.Pratibha Prakash
*चुनावी कुंडलिया*
*चुनावी कुंडलिया*
Ravi Prakash
'ਸਾਜਿਸ਼'
'ਸਾਜਿਸ਼'
विनोद सिल्ला
श्री विध्नेश्वर
श्री विध्नेश्वर
Shashi kala vyas
बम
बम
Dr. Pradeep Kumar Sharma
Loading...