Sahityapedia
Login Create Account
Home
Search
Dashboard
Notifications
Settings
22 Dec 2022 · 2 min read

भोक

अघिल्लो महिनाको कुरो हो । म आफ्नो गाउँ #फकिरा मै थिएँ । धनकटनी चालु थियो । किसानहरु आ–आफ्नो धान विक्री गर्न व्यापारीहरुको खोजीमा देखिन्थे । व्यापारीहरु पनि काँटा र तराजूसहित किसानका धान खरिद गर्न घर–घर पुगेर मोलमोलाई गरिरहेका थिए । सस्तोमा धान खरिद गर्ने व्यापारीको चाहना हुनु स्वभाविकै हो । उत्ता किसानहरु पनि बढी मूल्य पाउने आशमा आफू अनुकूलको व्यापारीहरु छनौट गर्दै थिए । त्यही क्रममा गाउँका एक जना किसानले व्यापारीलाई धान बेचेका रहेछन् । व्यापारीले बोरामा धान कसेर मजदूर मार्फत् आफ्नो ट्रयाक्टरमा लोड गराइरहेका थिए । एक जना मजदूरले च्यातिएको गञ्जिमा आफ्नो पिउँठूमा एक्लै बोरा बोकेर ट्रयाक्टरमा चाङ लगाइरहेका थिए । नजिकै बाटो हुँदै एक जना पिता आफ्ना दुई–तीन कक्षामा पढ्ने (अन्दानी) छोरीसहित गन्तव्यतर्फ जाँदै थिए ।
छोरीले बुवासंग सोधे छिन्, ‘अम्मम… यो मान्छे कस्तो बलियो रहेछन्, सिंगै बोरा एक्लै पिउँठूमा उठाउँदा रहेछन् । ’
बुवाले छोरीको अनुहार पुर्लुक्क हेर्दै केही क्षण मौन्य बस्दै आफ्नो पाइला चालिरहेका थिए ।
छोरीले फेरी सोधिन, ‘ बुवा ! त्यो मान्छे कति बलियो रहेछन्, एक्लै बोरा बोक्दा रहेछन् ।’
बुवाले मौनता तोड्दै भन्यो, ‘हो छोरी !, ती मान्छे यो संसारकै सबैभन्दा बलिया मान्छे हुन् । तिनले जतिसुकै भारी पनि बोक्न सक्छन् । ’
छोरी ट्वाल्ल पर्दै बुवालाई एक पटक हेर्यो र बाटोमा फ्याकिएको चाउचाउको र्यापरमा एक लात्ति हानेर किनारामा पुर्याई दिइन् । भनिन्, ‘बाटोमा फोहर फाल्नु राम्रो हैन, गाउँ फोहर देखिन्छ। ’
बुवाले भने त्यसो नगर्न भनेर सम्झाएछन् ।
छोरीले भनिन, ‘चाउचाउ खाएर बाटैमा खोल फाल्नेहरु कति छुच्छा ?’
बुवा, ‘अँ…..?
उता, बुवा भने ती मजदुर एक्लै बोराका बोरा धान बोकिरहेको छोरीको जिज्ञासामै घोत्लिरहेका थिए । शायद तिनले सोच्दै थिए, ‘यो अवोध बालकले ती मजदुरबारे मैले दिएको उत्तर कसरी बुझ्लान ?
यसैबीच बुवाले थपेछन्, ‘ छोरी अघिको मजदूरबारे मैले दिएको उत्तर तिमीले बुझेनौ होला ।’
छोरी, ‘अँ बुवा बुझिन ,’
बुवा, ‘ छोरी !, ती मजदूर बलिया होइनन्, हरेक दिन तिनी र तिनका परिवारको पेटको भोक बलियो हो । संसारमा सबैभन्दा शक्तिशाली र बलियो भोक हो, जसको कारण मानिसले जस्तो सुकै भारी उठाउन सक्छन् । ’
म ती बावु–छोरीको पछिपछि अलिक परसम्म गएँ । बावु–छोरीको संवादले मलाई गम्भिर र भावुक बनाईसकेको थियो । म गाउँको पसलमा छिरें, बावु–छोरी गन्तव्यतिर जाँदै ओझेल परे ।
#दिनेश_यादव
Kathmandu (Nepal)

Language: Nepali
Tag: कथा
2 Likes · 120 Views
You may also like:
मन का घाट
मन का घाट
Rashmi Sanjay
कितना तन्हा खुद को
कितना तन्हा खुद को
Dr fauzia Naseem shad
उत्कृष्ट सृजना ईश्वर की, नारी सृष्टि में आई
उत्कृष्ट सृजना ईश्वर की, नारी सृष्टि में आई
सुरेश कुमार चतुर्वेदी
💐प्रेम कौतुक-288💐
💐प्रेम कौतुक-288💐
शिवाभिषेक: 'आनन्द'(अभिषेक पाराशर)
बेटियों तुम्हें करना होगा प्रश्न
बेटियों तुम्हें करना होगा प्रश्न
rkchaudhary2012
नई सुबह नव वर्ष की
नई सुबह नव वर्ष की
जगदीश लववंशी
तेरा हर लाल सरदार बने
तेरा हर लाल सरदार बने
Ashish Kumar
" जाड्डडो आगयो"
Dr Meenu Poonia
Sharminda kyu hai mujhse tu aye jindagi,
Sharminda kyu hai mujhse tu aye jindagi,
Sakshi Tripathi
कर्मण्य
कर्मण्य
Shyam Pandey
हम देखते ही रह गये
हम देखते ही रह गये
मनमोहन लाल गुप्ता 'अंजुम'
✍️कर्म से ही वजूद…
✍️कर्म से ही वजूद…
'अशांत' शेखर
तुम गजल मेरी हो
तुम गजल मेरी हो
साहित्य गौरव
मृत्यु... (एक अटल सत्य )
मृत्यु... (एक अटल सत्य )
Dr. Akhilesh Baghel "Akhil"
इतना मत लिखा करो
इतना मत लिखा करो
सूर्यकांत द्विवेदी
* चांद बोना पड गया *
* चांद बोना पड गया *
DR ARUN KUMAR SHASTRI
तन्मय
तन्मय
Vishnu Prasad 'panchotiya'
“ कितने तुम अब बौने बनोगे ?”
“ कितने तुम अब बौने बनोगे ?”
DrLakshman Jha Parimal
सच के सिपाही
सच के सिपाही
Shekhar Chandra Mitra
अक्लमंद --एक व्यंग्य
अक्लमंद --एक व्यंग्य
Surinder blackpen
सुर बिना संगीत सूना.!
सुर बिना संगीत सूना.!
Prabhudayal Raniwal
साथ आया हो जो एक फरिश्ता बनकर
साथ आया हो जो एक फरिश्ता बनकर
कवि दीपक बवेजा
घमंड न करो ज्ञान पर
घमंड न करो ज्ञान पर
सुरेन्द्र शर्मा 'शिव'
*शक्ति दो भवानी यह वीरता का भाव बढ़े (घनाक्षरी: सिंह विलोकित छंद)*
*शक्ति दो भवानी यह वीरता का भाव बढ़े (घनाक्षरी: सिंह...
Ravi Prakash
रचनाकार का परिचय/आचार्य
रचनाकार का परिचय/आचार्य "पं बृजेश कुमार नायक" का परिचय
Pt. Brajesh Kumar Nayak
"किसी की नज़र ना लगे"
Dr. Kishan tandon kranti
तेरी तसवीर को आज शाम,
तेरी तसवीर को आज शाम,
Nitin
शक्कर की माटी
शक्कर की माटी
विजय कुमार नामदेव
क्या कहे हम तुमको
क्या कहे हम तुमको
gurudeenverma198
■ आज का शोध
■ आज का शोध
*Author प्रणय प्रभात*
Loading...